-भक्तराज रसाइली
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको अनलाइन कारोबार प्रणाली(नट्स)मा बिहीबार पुनः समस्या देखिएको छ ।
बिहीबार कारोबार खुलेको केही मिनेटमै केही ब्रोकरहरुले टीएमएसमा अर्डर राख्न सकेनन् । यो समस्याका कारण ती ब्रोकरमार्फत सेयर कारोबार हुन सकेको छैन ।
नेप्सेले भित्र्याएको अनलाइन कारोबार प्रणालीमा काम गर्न नसकिने भन्दै ५० वटै ब्रोकरहरुले १ महिने अल्टिमेटम दिएको ठ्याक्कै एक महिना पूरा भएको दिन नेप्सेको अनलाइनमा यस्तो समस्या देखिएको हो ।
बिजशालासँग कुरा गर्दै एक ब्रोकरले बिहीबार सुरुवातैदेखि सेयर खरिदबिक्रीको अर्डर सिस्टमले नलिएको बताए । अधिकांश ब्रोकरहरुमा यस्तो समस्या आएको बताइएको छ ।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले १ महिने अल्टिमेटम पूरा भएको र अनलाइन प्रणालीमा समस्या उस्तै रहेको उल्लेख गर्दै अब सबै ब्रोकरहरुको छलफल गरी छिट्टै नयाँ निर्णयमा पुग्ने जानकारी दिए ।
नेप्सेले भने केही ब्रोकरको टिएमएसमा समस्या देखिएको र त्यो समाधान हुन केही समय मात्र लाग्ने प्रष्ट्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago