काठमाण्डौ। विश्वभर भयावह स्थितिको सिर्जना गरेको कोरोनाभाइरसको संक्रमणबाट बच्न विभिन्न उपायको दावी गरिँदै आइरहेको छ।
सामाजिक सञ्जालमा त यो भाइरसबाट बच्नका लागि भन्दै यति उपायहरु उपलब्ध छन् कि त्यसलाई गनेर साध्य छैन। यिनै उपायमध्य एउटा हो अल्ट्रा भायोलेट किरणबाट कोरोनाभाइरसलाई मार्न सकिन्छ भन्ने। अल्ट्रा भायलेट किरणको प्रयोग कयौँ दशकदेखि किटनाशकका रुपमा भइरहेको छ।
विशेषगरी मेडिकल क्षेत्रमा वातावरणदेखि लिएर सिरिन्जसम्म किटाणुु मार्न हुुन्छ यसको प्रयोग हुुन्छ। तर प्रश्न यो हो कि के अल्ट्रा भायलेट किरणबाट कोरोनाभाइरसलाई निस्तेज पार्न सकिन्छ त ?
यूभी किरणबाट सेनिटाइज
“यदि तपाइँ अल्ट्रा भायलेट किरण मानिसलाई प्रयोग गर्नुुहुुन्छ भने त्यसले मानिसलाई फ्राई गर्नेछ”, ड्यान आर्नोल्डले हाँस्दै भने। ड्यान यूभी लाइट टेक्नोलोजी नामक एक बेलायती कम्पनीमा काम गर्छन्। उनको कम्पनीले अस्पताल, औषधि कम्पनी र खाद्यान्न बनाउने कम्पनीलाई किटनाशक सेवा उपलब्ध गराउने गर्दछ।
कोरोनाभाइरसको बढ्दो प्रकोपपछि मानिसहरुले उनीहरुको घरमा यूभी किरणले सेनिटाइज गर्नुुपर्यो भन्दै ड्यानकोमा आउन थालेका छन्। ड्यानले भने “हाम्रोमा एक व्यक्तिले फोन गरेर हाम्रो मेसिनले कस्तो काम गर्छ भनेर सोधे। उनले फेरि आफ्नो सुुपर मार्केटको बाहिर अल्ट्रा भायलेट मेसिन लगाएर मानिसहरुमा रहेको भाइरस मार्न अनुुरोध गरे।”
इन्टरनेटमा अहिले हर विषयका विशेषज्ञहरु पाइन्छन्। स्वघोषित यस्ता विशेषज्ञहरुले अल्ट्रा भायलेट किरणले भाइरस मार्ने भन्दै अफवाहहरु फिजाइरहेका छन्। यो हद यतिसम्म अघि बढ्यो कि थाइल्यान्डमा एक कलेजले त अल्ट्रा भायलेट सुुरुङ नै बनायो जसलाई पार गर्दै विद्यार्थीहरुले आफूलाई भाइरसमुक्त गर्न सकून्।
कयौँ मानिसको दिमागमा त सूर्यको किरणमा पनि अल्ट्रा भायलेट किरण हुुने भएकाले सूर्यको किरणमा बस्दा भाइरस मर्छ ? भन्ने प्रश्न रहेको पाइयो। यो प्रश्नको छोटो जवाफ छ त्यो हो – मार्दैन।
खतरनाक किरणहरु
सूर्यको किरणमा तीन प्रकारका अल्ट्रा भायलेट किरणहरु मौजुुद रहेका हुन्छन्।
पहिलो हो यूभीए। यो सूर्यमार्फत धर्तीमा पुुग्ने सबैभन्दा धेरै अल्ट्रा भायोलट किरण हो। यो यति शक्तिशाली हुुन्छ कि हाम्रो छालालाई छेडेर शरीरमा प्रवेश गर्छ। हाम्रो छालालाई बूढो बनाउन, चाउरी पार्न र बढ्दो उमेरसँगै छालामा धब्बाहरु देखापार्न यो किरण ८० प्रतिशत जिम्मेवार हुुने गर्दछ। यसपछि दोस्रो स्थानमा आउँछ यूभीबी। यो अल्ट्रा भायलेट किरणले हाम्रो डीएनएसम्मलाई नोक्सान पुुर्याउन सक्छ। जो मानिस सूर्यको किरणले पोलेको भन्छन् त्यो वास्तवमा यही किरणको कारणले हो। सामान्य रुपमा मानिसलाई यही दुुईवटा किरणका बारेमा मात्रै जानकारी हुने गर्दछ।
अल्ट्रा भायलेट किरण
तर अर्काे एउटा किरण हुुन्छ –यूभीसी। यो सूर्यको प्रकाशको कम जानकारी भएको हिस्सा हो। यो प्रकाशको सानो हिस्सा हो। यसमा धेरै नै ऊर्जा हुुने गर्दछ। यो सजीव कोशिकाको डीएनए वा आरएनएलाई नष्ट गर्न धेरै नै उपयोगी हुुने गर्दछ। त्यो चाहे मानवको कोशिका होस या त भाइरसको। तर हामी यसबाट बच्ने गर्दछौँ।
पृथ्वीको वायुुमण्डलमा रहेको ओजोन लेयरले यसलाई पृथ्वीसम्म आउन रोक्ने काम गर्दछ। यदि आजोज लेयर नहुुने हो भने यसलाई हामीलाई जलाउने थियो।
सन् १८७८ मा वैज्ञानिकहरुले यो किरणलाई प्रयोगशालामा बनाएर प्रयोग गर्न सकिने पत्ता लगाएका थिए। अहिले यूभीसी किरणको प्रयोग अस्पताल, हवाईजहाज, कलकारखाना र अन्य स्थानमा किटनाशक को रुपमा हुुन्छ।
परजीवी मर्छन्
यी किरणका माध्यमबाट पिउने पानीमा रहेका किटाणुुहरुलाई नष्ट गर्ने गरिन्छ। यसले ती परजीवी पनि मर्छ जुुन क्लोरिनजस्ता पानी सफा गर्ने केमिकलबाट बचेका हुन्छन्। तर अहिलेसम्म नयाँ कोरोनाभाइरसमाथि यूभीसी अर्थात अल्ट्रा भायलेटजस्ता किरणहरुको प्रभाव पर्छ कि पर्दैन भनेर धरै अध्ययन भएका छैनन्। तर कोरोनाभाइरसको परिवारको एक सदस्य सार्स भाइरसमा यी किरणहरुको प्रभाव कस्तो पर्छ भनेर धेरै नै अनुुसन्धान भएका छन्। यी अनुुसन्धान र अध्ययनबाट सार्स भाइरसलाई नष्ट गर्न सकिने तथ्य पत्ता लागेको थियो।
सार्स भाइरस नष्ट गर्न अल्ट्रा भायलेट किरण प्रभावकारी देखिएकाले चीनमा कोरोनाभाइरस मार्न यसको प्रयोग गरिएको छ।
सेनिटाइजेसनको प्रक्रिया
चीनमा भाइरस मार्न हररात निलो प्रकाश भएको अल्ट्रा भायलेट किरणबाट बसहरुलाई धोइन्छ। यस्तै अस्पतालहरुमा रोबाटले अल्ट्रा भायलेट किरणबाट सेनिटाइज गर्ने काम गर्दछ। कयौँ बैंकहरुले नोटलाई सेनिटाइज गर्न अल्ट्रा भायलेट किरणको प्रयोग गरिरहेका छन्।
यतिबेला अल्ट्रा भायलेट उपकरण बेच्ने कम्पनीहरुको उत्पादनको माग ह्वात्तै बढेको छ। तर यूभी किरणले कोरोनाभाइरस मार्छ भनेर कुुनै पनि वैज्ञानिक पुष्टि भइसकेको छैन।
किटाणुुमुुक्त गर्न
ड्यान अर्नाेल्ड भन्छन्, “तपाइँले प्रत्यक्ष रुपमा अल्ट्रा भायलेट किरणको सम्पर्कमा आउनबाट बच्नुुपर्छ। होइन भने केहीबेर यसको प्रकाशमा बस्दा तपाइँको आँखा चिलाउन सुुरु हुुन सक्छ। त्यस्तै युुभिसी मेशिनको सम्पर्कमा आउँदा पनि तपाइँको हालत यस्तै हुुन्छ।”
अल्ट्रा भायलेटजस्ता किरणहरु प्रयोग गर्दा विशेष प्रशिषणको आवश्यकता पर्दछ। विश्व स्वास्थ्य संगठनले आफ्नो हातलाई भाइरसमुुक्त गर्न यसको प्रयोग नगर्न कडा चेतावनी दिएको छ। हालै वैज्ञानिकहरुले नयाँ प्रकारको अल्ट्रा भायलेटजस्तै किरण पत्ता लगाएका छन्। जसको प्रयोगले मनिसलाई कम खतरा हुुने गर्दछ। यसले ब्याक्टेरिया र भाइरसलाई पनि निष्तेज पार्न सक्छ। यो नयाँ यूभी किरणको असर मानिसमा कस्तो हुुन्छ भनेर प्रयोगशालामा मात्रै सीमित रहेको छ। त्यसैले कोरोनाभाइरससँग जुुध्न यो किरणले कुुनै भूमिका खेल्ने देखिँदैन।
सूर्यको प्रकाशको सहारा ?
अब प्रश्न यो उठेको छ कि– के नयाँ कोरोनाभाइरसलाई यूभीए र यूभीसी किराणको सहायताले नष्ट गर्न सकिन्छ त ? संक्रमित वस्तुुहरुलाई सूर्यको किरणमा राख्दा के समस्या समाधान हुुन्छ त ? सायद यसले कोरोनाभाइरसलाई नष्ट गर्न सक्ला तर यसलाई पूर्ण रुपमा विश्वास गर्न सकिँदैन।
विकाशिल देशहरुमा पानीमा भएको किटाणुुमुुक्त गर्न पानीलाई सूर्यको प्रकाशमा राख्ने गरिन्छ। विश्व स्वास्थ्य संगठनले पनि यस्तो गर्न सल्लाह दिएको छ। जसअनुुसार पानीलाई किटाणुुमुुक्त गर्न ६ घन्टासम्म सूर्यको प्रकाशमा राख्ने गरिन्छ।
ब्राजिलमा फ्लुुको रोग
पानी बिना पनि कुुनै वस्तुुलाई सूर्यको प्रकाशबाट किटाणुुमुुक्त गर्न सकिन्छ। तर यसका लागि कति समय लाग्छ भनेर यकिन गरेर भन्न सकिँदैन। यसका लागि हामीले अनुुमान लगाएको समयभन्दा पनि धेरै समय लाग्न सक्छ। तर कोरोनाभाइरस परिवारको एक सदस्य सार्समा गरिएको अनुुसन्धानमा १५ मिनेटसम्म सूर्यको प्रकाशमा राख्दा भाइरसलाई कुुनै पनि असर गरेको पाइएको थियो। ब्राजिलमा गरिएको अनुुसन्धानमा जंगलमा आगलागी हुँुदा त्यहाँ फ्लुु बढेको पाइएको थियो। अर्थात आगलागीले निस्केको धुँुवाले सूर्यको प्रकाश धर्तीमा आउन नपाउने हुुँदा भाइरसले आफ्नो काम सजिलै गर्न सक्छ।
क्यान्सरको खतरा
सूर्यको प्रकाशले नयाँ कोरोनाभाइरसलाई नष्ट गर्न सक्छ भनेर अहिलेसम्म कुुनै पनि पुुष्टि भइसकेको छैन। पहिलो कुुरा त के भने यसका लागि कति समय लाग्छ र सूर्यको प्रकाश कति तेज हुुनुुपर्छ भनेर स्पष्ट भइसकेको छैन। दिनको प्रहरसँगै धर्तीमा आउने सूर्यको प्रकाशको तीव्रतामा फरक पर्ने गर्दछ।
त्यस्तै विभिन्न ठाउँमा सूर्यको प्रकाश कम वा धेरै हुुने गर्दछ। यस्तोमा सूर्यको प्रकाशबाट कोरोनाभाइरस मर्ने भन्ने कुुरा झुुठो आशामात्रै हो। कोरोनाभाइरस मर्छ भन्दै सूर्यको तेज तापमानमा बस्दा यसले छालालाई बिगार्नुुका साथै छालासम्बन्धी विभिन्न रोगहरु निम्त्याउन सक्छ। यसले छालाको क्यान्सर पनि हुुन सक्छ।
यदि कोरोनाभाइरस मानिसको शरीरभित्र प्रवेश गरेको छ भने जतिसुकै अल्ट्रा भायलेट किरणको प्रयोग गर्दा पनि त्यसले केही फरक पर्दैन। – बीबीसीबाट भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago