काठमाण्डौ । अहिलेसम्म एउटा कुुुरा स्पष्ट छ कि मानिसको रोग प्रतिरोधात्मक क्षमता मजबुुत भए कोभिड १९ को हमला घातक हुुँदैन। प्रतिरोधात्मक क्षमता बढाउनेबारे अनेक उपाय सञ्चारमाध्यम तथा सोसल मिडियामा सुुझावहरु आइरहेका छन्।
यो पहिलोपटक भने होइन। हरेक महामारीको समयमा यस्ता कुुराहरु आइरहन्छन्।
सन् १९१८ मा जब स्पेनिस फ्लूू फैलियो तब पनि यस्तै कुुराहरु भए र आज २०२० मा पनि यस्तै देख्न पाइरहेको छ। जेहोस् यी सयौं वर्षमा चिकित्सा विज्ञानको मामलामा व्यक्तिले धेरै प्रगति गरेको छ।
धेरैभन्दा धेरै हस्तमैथुुनले ब्लड सेल बढ्ने भन्ने अफवाह मिडियामा भाइरल भइरहेको छ र भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रचुुर मात्रामा भएको फल खान सल्लाह दिइरहेको छ। धेरै मानिसहरु प्रोबायोटिक्स लिन सुुझाव दिइरहेका भेटिन्छन्। कोही भने ग्रिन टी र रातो खुुर्सानी कोभिड १९ लाई कमजोर गर्न सक्छ भनिरहेका छन्।
रिसर्च भन्छ– सुुपर फूूूड बजारमा फैलिएका एक मिथक हो। विज्ञानको रिसर्चमा यो कुुुराको कुुनै प्रमाण भेटिएको छैन कि यसले प्रतिरोध क्षमता बढ्छ।
अमेरिकाको येल युुनिभर्सिटीकी इम्युुुनोलोजिस्ट अकीको इवासाकी भन्छन्, ‘प्रतिरोधक क्षमताको ३ हिस्सा हुुुन्छ छाला, श्वास मार्ग र म्यूूकस झिल्ली। यी तीनैले हाम्रो शरीरमा संक्रमण रोक्नमा मद्धत गर्दछ।’ यदि कुुनै भाइरस यी ३ अवरोधलाई तोडेर भित्र घुुस्छ भने भित्रको कोशिकाहरु तीव्र रुपमा सक्रियता बढाउँछन् र भाइरससँग लड्न सुुरु गर्छ।
यदि यतिले पनि काम नगरे एडप्टिभ इम्युन सिस्टम आफ्नो काम सुुरु गर्दछ। यसमा कोशिकाहरु, प्रोटिन सेल र एन्टीबडी समावेश हुुन्छन्। शरीरभित्र यो रोग प्रतिरोधात्मक क्षमता उदय हुुन केही दिन वा हप्ता लाग्न सक्छ। एडप्टिभ इम्युन सिस्टम केही खास ढंगले किटाणुुुसँग नै लड्छ।
हल्का खोकी, ज्वरो, टाउको दुुखाइका लक्षण कुुनै भाइरसका कारण हुुँदैनन् बरु यो हाम्रो शरीरको त्यो प्रतिरोधक क्षमताको हिस्सा हुुन्छन्। जुुन हामीलाई जन्मँदा नै प्राप्त हुुन्छ।
चइङ्गुमको मद्दतले ब्याक्टेरिया बाहिर निस्कन मद्दत मिल्छ। शरीरमा भाइरस फस्टाउन रोक्न माहौल बनाउँछ। यस्तो अवस्थामा यदि कसैले भनेकै भरमा प्रतिरोधक क्षमता बढाउने चीजहरुको सेवन गरे पनि फाइदा हुुनेवाला भने छैन।
अक्सर मानिस मल्टी भिटामिनका सप्लिमेन्ट यो आशामा लिइरहेका हुुन्छन् कि उसको रोग प्रधिरोधक क्षमता बढ्छ। अध्ययन भन्छ, ‘जो मानिस स्वस्थ उसलाई यसको जरुरत पर्दैन।’
अतिरिक्त सप्लिमेन्ट लिने आदतको सिकार केवल आम ानिस नै हुुन्छन्। पढेलेखेका मानिस पनि यो जालमा फस्छन्।
उदाहरणका लागि दुुईपटक नोवेल अवार्ड विजेता लाइनस पालिङ चिसोसँग लड्नका लागि हरेक दिन १८ हजार मिलिग्राम भिटामिन सी लिन थाले। यो मात्रा शरीरको आवश्यकताभन्दा ३०० गुुणा अधिक थियो। भिटामिन सी चीसोविरुद्ध लड्न अत्यन्तै थोरै मद्दत गर्दछ।
यसबारे बजारमा बिछ्याइएको मायाजाल धेरै छ। जानकारहरु भन्छन्, ‘विकसित देशहरुमा मानिस सन्तुुलित भोजन ग्रहण गर्छन्। उनीहरु आफ्नो शरीरका आवश्यकताअनुुसार भिटामिन सी पाउँछन्। त्यहीँ भिटामिन सीको सेवन धेरै किड्नीको पत्थरीको कारण बन्न सक्छ।’
जानकारका अनुुसार जबसम्म शरीरमा कुुनै भिटामिनको कमी हुुँदैन तबसम्म कुुनै पनि प्रकारको सप्लिमेन्ट हानिकारक हुुनसक्छ। केबल भिटामिन डीमात्र फाइदाजनक हुुुन सक्छ।
धेरै अध्ययनहरुमा पाइएको छ कि भिटामिन डीको कमीले श्वाससम्बन्धी रोग हुुने सम्भावना बढ्छ। यसको कमीले अटो इम्युनवाला बिरामी पनि हुुन सक्छ।
मानिसहरुमा भिटामिन डीको कमी हुुुनुु केबल गरिब देशहरुको समस्या मात्रै हैन कि धनाढ्य देशहरुमा पनि एक गम्भीर समस्या हो। एक अध्ययनका अनुुसार सन् २०१२ सम्म सारा संसारमा करिब १० लाख मानिस यस्ता थिए जसमा भिटामिन डीको कमी थियो। भिटामिन डीको कमीले ती मानिसहरुमा धेरै हुुन्छ जो घामबाट टाढा बस्नेहरुमा हुुन्छ।
हस्तमैथुुनलाई लिएर सदियौंदेखि केही गलत धारणाहरु समाजमा छन्। यतिसम्म कि वर्षौंसम्म कतिपय बिरामीको जड मानिन्छ तर आधुुनिक अध्ययन यसले स्वास्थ्यसम्बन्धी धेरै फाइदाहरु रहेको बताइन्छ तर हस्तमैथुुन कोभिड १९ बाट बच्ने दाबी चाहिँ सरासर गलत हो।
शरीरमा ह्वाइट सेल्सले विषालुु अक्सिजन पदार्थ निकाल्छ। जो दोहोरो तरबारको काम गर्छ। एकातर्फ यो शरीरमा कुुनै ब्याक्टेरिया वा भाइरस बढ्न रोक्छ भने अर्कातर्फ स्वस्थ कोशिका समाप्त गर्छ र रोग प्रतिरोधक क्षमता कमजोर बनाइदिन्छ। यसैले सबै कोशिकाहरु स्वस्थ र सुुुरक्षित राख्नका लागि एन्टी अक्सिडेन्टको जरुरत पर्दछ। हामी यो एन्टी अक्सिडेन्ट धेरै मात्रामा फल र सब्जीमा पाउन सकिन्छ। यसका लागि अलग्गै सप्लिमेन्ट लिन जरुरत छैन।
एन्टी अक्सिडेन्ट रोग प्रधिरोधक क्षमता कति मद्दतदार छ। यसमा पनि रिसर्च जारी छ तर यो रिसर्च अहिले कुुनै नतिजामा पुुगेको छैन।
केही ब्याक्टेरिया यस्ता हुुुन्छन् जो शरीरका मित्र हुुन्छन्। हाम्रो स्वास्थ्यका लागि उनीहरुको धेरै आवश्यक हुुुन्छ। कतिपय बेला शरीरमा यी ब्याक्टेरियाको कमी हुुन्छ। यसैले बजारबाट प्रोबायोटिक्स सप्लिमेन्ट लिन पर्छ।
संकटको यो दौरानमा केही वेबसाइटमा प्रोबायोटिक्स कोभिड १९ विरुद्ध लड्न मद्दत गर्ने दाबी गरिरहेको छ। यस्ता दाबीहरु झूूठ हुुन्। यो दाबीमा अहिलेसम्म कुुनै पनि रिसर्चको यकिन सबूूत पेश गरिएको पाइँदैन।
अब प्रश्न यो हो कि कोभिड १९ बाट बच्ने कसरी ? यसका लागि हाल यो जरुरी छ कि जतिसक्दो सामाजिक दूूरी र सरसफाइमा ध्यान राख्नुुपर्छ । सन्तुलित आहार लिनुुहोस्। नियमपूर्वक व्यायाम गर्नुहोस्। कोही वेलनेस विज्ञको बहकाउमा आएर स्वयं डाक्टर नबन्नुुहोस्। समस्या हुुुने बित्तिकै तुुरुन्त डाक्टरको सल्लाह लिनुुहोस्। – बीबीसीबाट भावानुवादित
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago