– अर्जुन तिमिल्सिना
काठमाण्डौ। सेयर बजारमा दैनिक रौनक आइरहेको बेला बैंकिङ सेक्टरले पनि विस्तारै गति लिइरहेको देखिन्छ।
केही करेक्सनपछि बजार पुनः लयमा फर्किएको छ। अहिले नेप्से परिसूचक २५०० माथि पुगेको छ। विश्लेषकहरुले अहिले बजार बुलिस ट्रेन्डमा रहेको जिकिर गरिरहेका छन्। पहिलेको भन्दा अहिलेको बजारमा सेक्टरवाइज बुलिस ट्रेन्ड देखिएको उनीहरुको ठहर छ।
लगानीकर्ताहरु विशेषगरी दुई थरीका हुन्छन्। एक थरी उच्च जोखिम लिने अर्थात् रिस्क टेकर र अर्को थरी कम जोखिम लिने अर्थात रिस्क अभटर। कम जोखिम वहन गर्न चाहने लगानीकर्ताले जहिले पनि बैंकिङ सेक्टरमा लगानी गरिरहेका हुन्छन् भने उच्च जोखिम बहन गर्न सक्ने लगानिकर्ताले इन्स्योरेन्स र माइक्रोफाइनान्समा लगानी गरेका हुन्छन्।
यसैले आज हामीले समग्र बजारको आधारभूत तथा प्राविधिक विश्लेषण गरेका छौँ।
आधारभूत पक्ष
सेयर बजारमा मुख्य विषय टे«न्ड कुन हो भन्ने हुन्छ। बजार सधैँ बढेकोबढ्यै पनि गर्दैन र घटेकोघट्यै पनि गर्दैन। आजसम्मको बजार र कारोबार रकमलाई हेर्दा बजार घट्दा झन कारोबार बढेको छ भने बढ्दा केही घटेको पनि छ। तर, ५ अर्ब रुपैयाँभन्दा तल आएको छैन। यसैले बजार नागबेली आकार बनाउँदै अगाडि बढेको देखिन्छ।
लगानीकर्ताले लगानीगर्दा म बजारमा को हो ? अर्थात लगानीकर्ता कि ट्रेडर भन्ने कुरा प्रस्ट हुनुपर्छ। आफ्नो पैसाको स्रोत पनि बुझ्न आवश्यक हुन्छ।
प्राविधिक पक्ष
बोलिंगर ब्यान्ड
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यसलाई आधार मान्दा मूल्यरेखाले तल्लो विन्दुलाई छोएको हुँदा आगामी दिनमा बजार बढ्ने देखिन्छ।
हेरौँ बजारको बोलिंगर ब्यान्ड
आरएसआई विन्दु
यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो हालको बजारको आरएसआई ५२.७३ रहेको छ। जसको अर्थ बजारको आरएसआई न्युट्रल जोनमा छ र अघिल्लोपटक यो विन्दु ९५.०९ को तहमा पुगेपछि करेक्सन आएको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा बजार बढ्ने नै देखिन्छ।
एमएसीडी लाइन
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने २२ फेब्रुअरी २०२१ को दिन नेप्से इन्डेक्स २६६२.८६ पुग्दा बिक्री सिग्नल बनेको देखिन्छ। जसअन्तर्गत खरिद सिग्नल बनिसकेको छैन भने हिस्टोग्राम पनि नेगेटिभ नै रहेको छ। लगानीकर्ताले बुझ्नुपर्ने के छ भने अन्य औजारभन्दा यसमा ढिलो सिग्लन आउँछ तर भरपर्दो हुन्छ।
हेरौँ तस्बिर
मैनबत्ती विश्लेषण
बजारको अन्तिम कारोबारलाई आधार मान्दा ह्याम्मर स्टिक मैनबत्ती बनेको छ। जसले बजार भविष्यमा बढ्ने संकेत गर्छ। यो मैनबत्तीमा बनेको पुच्छर शरीरको २ गुना लामो हुनुपर्छ।
हेरौँ तस्बिर
नोट : प्राविधिक विश्लेषण एउटा आधार र औजारमात्र हो। विभिन्न औजारले विभिन्न संकेत दिएका हुन्छन्। लगानीकर्ताहरुले लगानी गर्दा जहिले पनि आफ्नो विश्लेषण र क्षमताअनुसार गर्नुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago