काठमाण्डौ । कोरोनाभाइरसका संक्रमितमा देखिएका नयाँ लक्षणहरुको घटना युरोप र अमेरिकाका छाला रोग विशेषज्ञहरुमाझ चर्चाको विषय बनेको छ।

कोरोनाको यो लक्ष्यण विशेषगरी बालबालिका र युुवावर्गमा देखिएको छ। मार्च महिनामा इटलीका छाला रोग विशेषज्ञहरुले कोरोना संक्रमितको खुुट्टा र हातका औँलाहरु सुुन्निएको पाएका थिए। यसका साथै उनीहरुले संक्रमितको छालाको रङ पनि बदलिएको पाएका थिए।

संक्रमितका औँलाहरु जाडोका कारण सुन्निएकाजस्ता देखिएका थिए। यस्तो आम रुपमा जाडो ठाउँमा बस्ने मानिसहरुमा देखिन्छ। यस्तो लक्षण देखिँदा खुुट्टाका औँलाका रक्तधमिनी सुन्निने गर्दछ र त्यसमा दुुखाइ पैदा गर्ने गर्दछ।

इटलीका जोडो ठाउँका मानिसहरुमा यस्तो लक्षण धेरै देखिन थालेको छ। त्यसैले छाला रोग विशेषज्ञहरुले यो लक्षणको नाम “कोभिड टोज” राखेका छन्। अहिले कोभिड टोजको लक्ष्यण अमेरिकाको बोस्टन सहरमा पनि देखिन थालेको छ।

बोस्टन कोरोना भाइरस महामारीबाट गम्भीर रुपमा प्रभावित क्षेत्रमध्ये एक हो। अमेरिकी एकेडेमी अफ डर्मेटोलोजीसँग जोडिएका डाक्टरहरुले “कोभिड टोज” भएका बालबालिबालाई कोरोना भाइरसको परीक्षण गर्न सुुझाव दिएका छन्।

इटलीका कोभिड टोज भएका बालबालिकहरुमा कोरोनाको कुुनै लक्षण देखिएको थिएन। तर परीक्षण गर्दा उनीहरुमा कोरोना भएको पुुष्टि भएको थियो।

यो विषयलाई लिएर सामाजिक सञ्जालमा छाला रोग विशेषज्ञहरु र अन्य डाक्टरहरुबीच चर्काे बहस भइरसेको छ। 

योभन्दा अघि स्पेनका डाक्टरहरुले खुुट्टामा भएको घाउलाई पनि कोरोनाको लक्षण मान्न सकिने बताएका थिए। त्यसैले यसलाई कोरोना हुुनुुभन्दा अघिको लक्षणका रुपमा लिन सकिने डाक्टरहरुले सुुझाव दिएका छन्। – एजेन्सी