काठमाण्डौ । कैलालीमा पुनः एक वृद्धा महिलामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि भने गरिसकेको छैन ।
वीरगञ्जमा चियापसल गर्ने ती वृद्धा १८ गते अन्य ३५ जनासँगै बसको यात्रा गरी कैलाली पुगेकी थिइन् । उनको स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिकामा पर्छ । ती महिलासहितलाई १८ गतेबाट २९ गतेसम्म क्वारेन्टाइनमा राखिएको थियो ।
लकडाउनका कारण अलपत्र परेपछि स्थानीय प्रशासनले उनीसहित ३५ जनालाई बस बुकिङ गरेर कैलाली पुर्याएको समेत अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
प्रहीका अनुसार ती महिलासहित कैलाली पुगेका ३५ जनाकै समूहलाई विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । जसमध्ये कोरोना पोजेटिभ देखिएकी महिलासहित १७ जनालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।
क्याम्पसमा रहेका सबैको केही दिनअघि द्रूत गतिको परीक्षण गरिएकोमा सुरुमा नेगेटिभ रिपोर्ट आएको थियो । तर, पीसीआरबाट परीक्षण गर्दा भने ती महिलाको रिपोर्ट पोजेटिभ आएको हो । ती महिलाको दोश्रो चरण निकालिएको स्वाबको परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको थियो ।
महिलामा कोरोना पोजेटिभ देखिएपछि उनीसँगै क्याम्पसको क्वारेन्टाइनमा बसेका सबैलाई फिर्ता बोलाइएको छ । बसमा ती महिलासँगै यात्रा गर्ने अरुको पनि खोजी गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ ।
कोरोना संक्रमित महिलालाई भने धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
नेपालमा यी महिलासहित कोरोना संक्रमितको संख्या अब १३ पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago