काठमाण्डौ । उपत्यकाको कोटेश्वरमा अवस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत १९ प्रहरीलाई कोरोना संक्रमण भएको छ । 

ट्राफिक प्रहरीका प्रवक्ता बामदेव गौतमका अनुसार प्रभागमा कार्यरत ३५ प्रहरी कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । 

सुरुमा सो प्रभागमा कार्यरत २ प्रहरीलाई उच्च ज्वरो आएको थियो । ज्वरो आएकाहरुको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेका बाँकी ३३ प्रहरीको पनि स्वाब संकलन भएको हो । सो क्रममा थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।  

गौतमका अनुसार कोटेश्वरमा पहिचान भएकासहित हालसम्म उपत्यकाका ११० ट्राफिक प्रहरी कर्मचारीमा कोरोना देखिइसकेको छ ।