काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभागका प्रमुख लिउ छिपाओले भूकम्पपछि बन्द कोदारी राजमार्ग जतिसक्दो छिटो सञ्चालन गरेर नेपाल–चीन सम्बन्धको आधारलाई संरक्षण गर्ने बताएका छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी कोदारी नाका दिगो सञ्चालन हुने गरी पुनर्निर्माण आरम्भ गर्न आफ्नो सरकार लागि परेको जानकारी दिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
उनले नेपालको पूर्वाधार विकासमा चीनले निरन्तर सहयोग गर्दै जाने बताए ।
लिउले नेपाल र चीन जोड्ने नकाबारे चीन अत्यन्तै सकारात्मक रहेका र क्रमैसँग जतिसक्दो धेरै नाका खोलेर काम अघि बढ्नुपर्नेमा जोड दिए ।
लिउले नेपालको जस्तो सुकै विकास प्रक्रियामा सहयोग गर्न चीन तयार रहेको भेटवार्तामा बताएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago