-अर्जुन तिमिल्सिना
बजेट  समग्र देशको आयव्यय र भावी  योजना पनि हो   ।  सबै क्षेत्रले आश गरेको ठाउँमा पुँजी  बजारले   पनि केही आशा  गर्नु अस्वभाविक थिएन । संसारमा नै पुँजी बजारलाई  भनेर छुट्टै बजेट छुट्टाउने परम्परा त छैन, तर हामीले त्यो अपेक्षा गर्नु कति सान्दर्भिक होला आफैंमा सोचनीय छ । 

तर अहिलेको  महमारीमा अरु निजी  क्षेत्रले  जस्तै  केही नीतिगत तथा प्रणालीगत अपेक्षा गर्नु ठीकै पनि हो । त्यसमा सरकारले के कति सम्बोधन गर्यो र अब के कति आवश्यक छ, त्यो बहस र विचारको विषय हो । 

यथार्थमा हामीलाई  बजेटभन्दा हरेक वर्ष बजेटपछि राष्ट्रबैंकले ल्याउने मौद्रिक नीति महत्वपूर्ण हुन्छ ।  

पुँजी बजारमा बैकिङ क्षेत्रको दबदबा रहेकोले यस्तो भएको हो ।

शेयरबजार एउटा चक्रमा चल्छ । चाहे  त्यो इलियट वेभमा होस् वा बोलिङर ब्यान्ड होस्, एउटा निश्चित समयपछि बजारले आफ्नो बाटो परिवर्तन गर्छ  ।  कोभिड–१९ को समस्यापछि संसारका शेयर बजार ३० प्रतिशत जति डाउनफल भएर पुनः पहिलेकै अवस्थामा पुगे ।  

यसबीचमा नेपाली सेयर बजार के होला भनेर चिन्ता, चासो देखिएको छ । यही समयमा बजेट आयो तर, यसबाट लगानीकर्ता उति ढुक्क हुन सकेनन् । अब  छिट्टै राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदैछ । मौद्रिक नीतिमा भने राष्ट्रबैंकले शेयर बजारलाई  सपोर्ट् हुने गरी नीति नियम ल्याउनुपर्छ । 

अन्यथा  शेयरबजारमा निराशा  पैदा भएर अकल्पनीय अवस्था नआउला  भन्न् सकिन्न ।  अहिले लगानीकर्ता तथा ब्रोकरलाई मुख्य   चुनौती भनेको नगद व्यवस्थापनकै हो । 

आगामी असार मसान्त आर्थिक वर्षको क्लोजिङ भएकोले पनि नगद व्यवस्थापनमा बढी चूनौति हुनसक्छ । यो वर्ष आर्थिक बर्षको  क्लोजिङ  असोज मसान्तसम्म सार्दा पनि हुन्छ । किनभने पूँजीगत खर्च हुनै सकेको छैन । सबैतिरको अवस्था लथालिङ्ग छ । 

विशेष अवस्थामा विशेष व्यवस्था गरेर पुँजीगत खर्च बढाउन र बेरुजु घटाऊन सकिन्छ ।  

अब सरकारले  अल्पकालिन र दिर्घकालिन्  आर्थिक चुनौती पहिचान  गरी मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई दिशानिर्देशन गर्नुपर्छ । 

विदेशी दाताहरु आफैं समस्यामा छन्, यही बेला  सरकारले व्यवसायीलाई कर तिर्न भनेको छ, जसको अर्थ सरकारलाई चालु खर्च धान्न हम्मे हम्मे भएको छ भन्ने पनि हो । 

व्यापार व्यवसाय ठप्पै पारेर बसेका व्यवसायीले कसरी कर तिर्ने ? 

पूँजीबजारलाई प्रविधिमैत्री बनाउने भनेको धेरै भयो, तर अहिलेसम्म पूर्ण प्रविधिको विकास भएको छैन । रियल टाइम कारोबार गर्ने अवस्थै छैन । 

अब बजार खुल्दासम्म सबै लगानीकर्तालाई अनिवार्य रुपमा प्रविधिसँग जोडिन र बैंक इन्टीग्रेसन गर्न लगाइनुपर्छ । लगानीकर्ताको मनोबल कसरी मजबुत हुन्छ, त्यसतर्फ सरोकारवालाले सोच्नुपर्छ । लगानीकर्ताहरुमा पूँजीबजारबाट पनि जिविका चल्छ भन्ने वातावरण बनाइनुपर्छ । 

हरेक चार÷पाँच वर्षमा बजारमा नयाँ लगानीकर्ता आउँछन्, तिनीहरुलाई कसरी बजारमा टिकाइराख्ने भन्ने विषय पनि चुनौतिपूर्ण हो । 

स्टक  डिलर सुन्न थालेको धेरै भयो तर, कुन स्टक डिलरले कति लगानी गर्यो थाहा भएको छैन । हामी लगानीकर्ताले पनि सेयरको इण्डेक्स भन्दा पनि सेयरको मूल्य हेर्नुपर्छ ।  प्राइस अर्निङ रेसियो १५ भन्दा तल आउँछ  भने राम्रो कम्पनी ठानेर खरिद गर्दा हुन्छ ।

शेयर लगानीकर्तालाई यो आर्थिक वर्ष शेयर लोनमा कडाइ  गरिनुहुन्न र  मार्जिन कल त गर्नै हुन्न ।  

अहिले केही मान्छेहरुले बजार यति सयमा आउँछ भनेर जुन अनुमान गरेका छन्, जुन असत्य पनि हुनसक्छ   ।  शेयर बजारका बाद्शाहा वारेन्  बफेटले भनेका छन्–‘शेयर बजार भगवान जस्तै हो तर शेयर बजारमा कोही पनि भगवान  होइन।’ त्यसैले कसैले बजारमा  निश्चित बिन्दू तोक्छ भने त्यो कोरा कल्पना मात्रै  हो ।  किनकी यो बजारमा कोही मान्छे घरबाट बेच्न भनी कस्सिएर हिँडे पनि कुनै बेला बजारमा पुगेपछि किनेर आउँछ । 

बजारमा लगानीकर्ताको मनोविज्ञान यति छिटो परिवर्तन हुन्छ कि जुन अनुमान गर्नै मुश्किल हुन्छ । 

बजार खुल्न अझै हप्ता–दश दिन बाँकी छ, त्यो बीचमा कुनै सकारात्मक न्यूज आयो भने बजार यही विन्दäाट माथि फर्कन पनि सक्छ । त्यसैले अहिले नै  बजार यति अंक तलमाथि होला भनेर अनुमान गर्नु सही नहुन पनि सक्छ र लगनिकर्ता त्यसैको पछि लाग्नु बुद्धिमानी पनि होइन । 

अन्तरराष्ट्रिय  बजार अहिले कुनै पनि नेगेटिभ छैनन्  । केही  दिनको करोबारपछि नेपालको शेयर बजार पनि सकारात्मक  हुने धेरै सम्भावना छ । हरेक समस्याले समाधान पनि लिएर आएको हुन्छ ।  चुनौतीसँगै अवसर पनि ल् याएको हुन्छ । 

बुलिश यात्रामा निस्केको बजारलाई  कोभिड–१९ ले ओराली यात्रा तय गरेको छ, तर लगानीकर्तालाई सस्तो दरमा राम्रा कम्पनी खरीद गर्ने अवसर पनि हुनसक्छ । अरु डराएको बेला आफू हौसिनुर अरु हौसिएको बेला आफू डराउनुयो बजारको असली मन्त्र पनि हो । खरिदबिक्री हरेक लगानीकर्ताको आफ्नो तजविज र खुशीको कुरा हो । तर, अहिले सबै सिद्धियो भनेर लगानीकर्ता धेरै अत्तालिनुपर्ने अवस्था आइसकेको छैन ।