काठमाण्डौ । छिमेकी देश भारतमा कोरोना महामारीका प्रकोपका बीच ब्ल्याक फंगस (कालो ढुसी) ले समेत आतंक फैलाउन सुरु गरेको छ।
भारतमा म्युकोरमाइकोसिस अर्थात ब्ल्याक फंगस तीव्रगतिमा फैलिरहेको छ। आम रुपमा आस्पतालमा लामो सयमदेखि भर्ना भएर अधिक मात्रामा स्टेरोयड दिइएका, अक्सिन मास्क वा भेन्टिलेटरको सहायतामा रहेका र खराब खानपिनका कारण मधूमेहजस्ता रोगहरुसँग जुधिरहेका व्यक्तिहरुलाई ब्ल्याक फंगसको खतरा धेरै भएको डाक्टरहरु बताउँछन्। यदि समयमै ब्ल्याक फंगसको राम्रोसँग उपचार गरिएन भने यो घातक साबित पनि हुने सक्ने विज्ञहरु बताउँछन्।
विज्ञहरुका यो ती मानिसहरुमा सजिलै फैलिरहेको जो पहिलेदेखि नै केही न केही रोगबाट ग्रसित छन् र जसको रोग प्रतिरोधात्मक क्षमता कम छ। यसका अलावा कोभिडको औषधिहरुले मधूमेहका बिरामी वा मधूमेह नभएका दुवै खाले संक्रमितमा ब्लड सुगरको मात्रा बढाउन सक्छन्। जसलाई फंगस बढाउने प्रमुख कारकका रुपमा लिइने गरिन्छ।
यस्तोमा केही घरेलु उपायहरु अपनाएरसमेत यस्तो ब्ल्याक फंगसलाई कम गर्न सकिने चिकित्सकहरु बताउँछन्। दन्त चिकित्सकका अनुसार केही यस्ता दन्त स्वच्छ नियमहरु छन्, जसको पालना गरेर ब्ल्याक फंगसका साथ–साथै अन्य भाइरल र फंगस इन्फेक्सनको खतरालाई कम गर्न सकिन्छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ब्ल्याक फंगस कोरोनाबाट निको भएका व्यक्तिहरु र अन्य स्वस्थ व्यक्तिहरुमा समेत देखिएको छ। अनियन्त्रित डाइबेटिज, स्टेरोयडका कारण सिर्जना भएको कमजोर प्रतिरोधात्मक क्षमता, लामो समयसम्म अस्पताल वा आईसीयूमा भर्ना भएका, कुनै अन्य रोगहरुसँग जुधिरहेकाहरु र वोरिकोनाजोल थेरापीजस्ता मामिलाहरुमा ब्ल्याक फंगसको खतरा धेरै नै बढिरहेको छ।
विज्ञहरुका अनुसार ब्ल्याक फंगस शरीरको कुनै पनि अंगमा हुन सक्छ। जमिन, वातावरण, रुख, सडेगलेका खानेकुरा वा एअर कन्डिसनको ड्रिप प्यानजस्ता जुनसुकै ठाउँबाट ब्ल्याक फंगस फैलन सक्छ। दूषित हावा वा यसमा फैलिएको संक्रमित कणहरुको सम्पर्कमा आउने जोकोही व्यक्ति ब्ल्याक फंगस वा भाइरल इन्फेक्सनको सिकार हुन सक्छ। छालामा चोट लाग्दासमेत ब्ल्याक फंगस फैलन सक्ने जिज्ञहरु बताउँछन्।
मानिसहरुमा ब्ल्याक फंगसको कयौँ लक्षणहरु देखिन सक्छन्। यीमध्ये मुुख्य रुपमा जिब्रोको रंग बदलिनुु, मांसपेशी सुन्निनुु, आखाँ रातो हुुनु वा दुुख्नु, ज्वरो आउनु, टाउको दुुुख्नु, खोकी लाग्नुु, सास फेर्न कठिनाइ हुनु, बान्तामा रगत देखिनु, नाक बन्द हुुनु वा अनुहार सुन्निनुुजस्ता लक्षणहरु देखिन सक्छन्।
विज्ञहरुका अनुसार कोभिडबाट मुक्त भएपछि स्टेरोयड र अन्य औषधिहरुको सेवनले मुखमा ब्याक्टेरिया र फंगसको बढ्ने क्षमतालाई बढाइदिन्छ। यसले साइनस, फोक्सो वा मस्तिष्कसँग सम्बन्धित समस्याहरुसमेत सिर्जना गर्न सक्छ।
त्यसैले यसबाट बच्नका लागि विज्ञहरुले दिनको दुुई वा तीनपटक ब्रस गर्न सुुझाव दिएका छन्। यसका साथै कुल्ला गरेर वा एन्टिफंगल माउथ स्पेको प्रयोग गरेर मुखको सरसफाइमा ध्यान दिएर ब्ल्याक फंगसको खतराबाट बच्न सकिने चिकित्सकहरु बताउँछन्।
कोभिड–१९ बाट ठीक भएपछि अन्य कुनै भाइरल वा फंगस इन्फेक्सनको खतराबाट बच्नका लागि मुुखको सरसफाइ वा स्वच्छता कायम राख्न एकदमै आवश्यक हुने गर्दछ। विज्ञहरुले कोरोनाबाट मुक्त भएपछि एकपटक आफ्नो टुुथब्रस परिवर्तन गर्न र आफ्नो टुुथब्रसलाई अरुको अलग राख्न सुुुझाव दिएका छन्। यसका साथै नियमित रुपमा आफ्नो मुख र अनुहारको सरसफाइमा ध्यान दिनसमेत आवश्यक हुन्छ। त्यसैगरी ब्रस र टंग क्लिनिनरलाई नियमित रुपमा एन्टिसेप्टिक माउथवासले सफा गर्न सुझाव दिइएको छ।
कोभिडमुक्त भएपछि पनि यसका लक्षणहरुलाई नजर अन्दाज नगरी तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19