काठमाण्डौ । हुन सक्छ कि तपाइँका चिनजानका व्यक्ति वा आफन्तमा यस्तो घटना भएको होला। कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्केका तर अचानक केही सातापछि उनीहरु यो संसारमा नभएको दुःखद् खबर तपाइँले सुन्नु भएको हुन सक्छ। 

कयौँ बिरामीलाई कोभिड संक्रमण भएकै बेला वा संक्रमणमुक्त भएपछि मुटुसम्बन्धी वा अन्य रोगहरु तथा कम्प्लिकेसनहरु देखिएका छन्। तर किन ?

कोरोना संक्रमणको मुटुसँग के सम्बन्ध छ ?

कोरोनासँग मुटुको सम्बन्ध जान्न एकदमै आवश्य छ। अमेरिकाको अनुसन्धान संस्था नेसनल हर्ट, लंग एन्ड ब्लड इन्स्टिच्युटले कोभिड–१९ र मुटुको सम्बन्धलाई प्रकाश पार्न एउटा भिडियो तयार पारेको छ। 

वास्तवमा मुटुलाई काम गर्न अक्सिजनको आवश्यकता पर्ने गर्दछ। अक्सिनयुक्त रगतलाई शरीरका अन्य भागमा पुुर्याउन मुटुले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। यस्तो अक्सिजन मुटुलाई फोक्सोबाट प्राप्त हुने गर्दछ। कोरोनाले सीधै फोक्सोमा असर पुर्याउँछ। 

कोरोना संक्रमित कयौँ बिरामीमा अक्सिजनको मात्रा कम हुन सुरु गर्दछ। अक्सिजनको कमीकै कारण कयौँ संक्रमितको मुटुमा समेत असर पुुग्न सक्दछ। यस्तो हुँदा मुटुको मांसपेशीहरुलाई  अक्सिजनयुक्त रगत पम्प गर्न धेरै मेहनत गर्नुपर्ने हुन्छ। जसको प्रत्यक्ष असर मुटुको टिस्यूमा पर्ने गर्दछ। यसको परिणामस्वरुप शरीरमा इन्फ्लेसन पैदा हुने गर्दछ। तर कहिलेकाहीँ अधिक इन्फ्लेसनका कारण मुटुको मांसपेशीमा नराम्रो असर पर्ने गर्दछ। मुटुको चालमा तीव्रता आउन सक्छ। जसका कारण मुटुको रगत पम्प गर्ने क्षमतामा कमी आउन सक्छ। यस्तो रोग पहिलेदेखि नै भएकाहरुलाई समयस्या अझ बढ्न सक्छ। 

यो त भयो कोभिड–१९ सँग मुटुको सम्बन्धका बारेमा। तर कोभिड–१९ बाट संक्रमितले कसरी थाहा पाउने कि उनीहरुलाई हृदयसम्बन्धी समस्या छ भनेर ? के सबै संक्रमितको मुटुमा कोरोनाका कारण नराम्रो असर पर्छ त ? ती कुन संक्रमित हुन्, जसले आफ्नो मुटुको चिन्ता धेरै गर्नुपर्दछ ? यसो भन्छन् विशेषज्ञ -

कस्ता बिरामीले धेरै ख्याल गर्ने ?

जानकारहरुका अनुसार ब्लड प्रसेरका बिरामी, मधूमेहका रोगी र मोटोपना भएका व्यक्तिहरुलाई कोरोना संक्रमणका दौरान मुटुको रोगको जोखिम धेरै हुने गर्दछ। फोर्टिस इस्कर्टस हर्ट इन्स्टिच्युटका अध्यक्ष डा. अशोक सेठ भारतका चिरपरिचित ह्दय रोग विशेषज्ञ हुन्। बीबीसीसँगको कुराकानीमा डा सेठले गम्भीर कोभिड–१९ का बिरामीमा मुटुको असर अधिक देखिने बताए। यस्तो असर २०–२५ प्रतिशतमा देखिने उनले बताए। 

तर यो पढेर तपाइँ प्यानिक भने नहुनुहोस्। कोरोनाबाट संक्रमित ८०–९० प्रतिशत मानिसहरु घरमै निको हुन्छन्। बाँकी रहेका १०–२० प्रतिशत संक्रमितलाई मात्रै अस्पताल पुर्याउनुपर्ने आवश्यकता पर्दछ। डाक्टर सेठले अस्पताल पुर्याउनुपर्ने २० प्रतिशत बिरामीहरुबाट पनि एउटा सानो हिस्साको २० प्रतिशत बिरामीहरुको कुरा गरेका हुन्। यीमध्ये कयौँ संक्रमितले अस्पताल पुुगेपछि मात्रै आफ्नो मुटुसम्बन्धी समस्याका बारेमा थाहा पाउने गर्दछन्। कयौँलाई अस्पतालबाट घर फर्किएपछि त कयौँलाई एकदेखि तीन महिनापछि मुटुको समस्या देखिन सक्छ। 

डा सेठका अनुसार जति कडा कोरोना संक्रमण हुन्छ, मुटुमा पनि त्यति नै असर पुुग्ने सम्भावना हुन्छ। दुुईवटा अनुसन्धानलाई उल्लेख गर्दै उनले भने, ‘अमेरिकामा कोभिड–१९ को गम्भीर बिरामीमा एमआरआई स्क्यान गरिएको थियो। उक्त अध्ययनमा ७५ प्रतिशत बिरामीको मुटुको मांसपेशी काभिडका कारण नराम्ररी प्रभावित भएको पाइयो। उता बेलायतमा पनि यस्तै प्रकारको अध्ययनमा यो आकँडा ५० प्रतिशत थियो।” 

तथापि घरमै बसेर कोरोनामुक्त भएकाहरुले भने सचेतमात्रै हुन आवश्यक पर्दछ। त्यसैले कोरोनाबाट संक्रमतिहरुले ती लक्ष्यणहरुलाई पहिचान गर्न आवश्यक छ, जसबाट मुटुुको खतराका बारेमा थाहा पाउन सकियोस्। 

मुटुमा असर भएको छ कि छैन ? कसरी थाहा पाउने ?

चिकित्कसहरुका अनुसार सास फर्ने कठिनाइ (ब्रेथलेसनेस) भएमा, मुटुमा दुःखाइ (चेस्ट पेन) भएमा वा अचानक मुटुको चालमा तीव्रता आएमा कोरोनाबाट चाहे ठिक भएको होस् वा आइसोलेसनमा बसेको होस् नजरअन्दान गर्न नहुने बताउँछन्। 

कोरोना संक्रमितमा हर्टअट्याक वा कार्डियक अरेस्टका केसहरु किन ?

डा सेठ भन्छन्, ‘मुटुमा दुःखाइ रगत जमेका कारण हुन सक्छ। जसका कारण हर्टअट्याकका केसहरु आइरहेका छन्।’

कोभिड–१९ को गम्भीर लक्षण देखिएका बिरामीहरुमा हर्टअट्याकको सम्भावना अस्पतालबाट डिस्चार्ज भएको ४–६ हप्ताका बीचमा जहिले पनि देखिन सक्छ। पहिलो महिना सबैभन्दा धेरै महत्वपूर्ण हुने गर्दछ। डिस्चार्ज भएको ४–६ हप्तासम्म यस्ता बिरामीहरुले ब्लड थिनरको प्रयोग गर्नुपर्दछ। डोज डाक्टरसँग परामर्श गरेर मात्रै लिनुपर्दछ। यसका अलावा सास फेर्न समस्या भएका कारण कयौँपटक कार्डियक अरेस्ट पनि हुन सक्ने डा सेठ बताउँछन्। 

केही व्यक्तिहरुमा कोरोनाका कारण मुटुको चालमा तीव्रता आएको पनि देखिएको छ। जसका कारण मुटुको चालसँग जोडिएका रोगहरुसमेत हुन सक्छ। कसैमा मुटुको चाल चाँडो हुन सक्छ भने कसैमा ढिलो। त्यसैले डाक्टरहरु मुटुको धड्कनलाई जाँच गरिरहन सल्लाह दिने गर्दछन्।

स्टेरोयडको असर 

डा सेठ र डा बलवीर सिंह कोभिड–१९ को उपचारमा स्टेरोयडको भूमिका महत्वपूर्ण रहेको मान्दछन्। तर बिरामीलाई यो कहिले दिने भन्ने कुराले एकदमै धेरै महत्व राख्ने गर्दछ। 

डा बलवीर भन्छन्, ‘यो औषधि कोरोना संक्रमितलाई दिइनुु हँुदैन। यसको धेरै नै साइड इफेक्टहरु छन्। विशेष गरेर मधूमेहका बिरामीहरुलाई यो दिनु हुँदैन।’ 

मधूमेहका बिरामीहरुमा स्टेरोयडले अन्य ब्याक्टेरिया र फंगसलाई बढावा दिने गर्दछ ता कि आफ्नो घर बनाउन सकोस्। ब्ल्याक फंगस रोग पनि उनीहरुलाई हुने गर्दछ, जसलाई स्टेरोयड दिइएको हुन्छ। त्यसैले अक्सिनको कमी भएका बिरामीहरुलाई मात्रै स्टेरोयड दिन आवश्यक छ। यस्ता १०–१५ प्रतिशत बिरामीलाई ७ दिन श्चात मात्रै स्टेरोयड दिन सुरु गर्नुपर्दछ। यसलाई डाक्टरले नै लेखेर दिनुपर्दछ र अस्पतालमै दिनुपर्दछ। चाँडो दिइँदा वा अधिक मात्रामा दिइँदा यो घातक साबित हुन सक्ने डा बलवीर बताउँछन्। 

कुन परीक्षण कहिले गराउने ?

कोरोना भएको पहिलो साता भाइरसले शरीरभित्र रेप्लिकेट गर्न सुरु गर्दछ। यस क्रममा खोकी, ज्वरो, शरीर दुुख्ने जस्ता लक्ष्यणहरु देखिन्छन्। आम रुपमा ८–१० दिनपश्चात शरीरले भाइरसविरुद्ध प्रतिक्रिया जनाउन सुरु गर्दछ। त्यस क्रममा शरीरमा इन्फ्लेमेसनको सुरुआत हुने गर्दछ। जुनबेला शरीरका अन्य भाग पनि चपेटामा आउन सक्छन्। कोरोनाभाइरसले सीधै मुटुमा असर गर्दैन तर सीआरपी र डी–डाइमर बढ्न सुरु हुन्छ। यही कारण डी–डाइमर, सीबीसी, आईएल–६ जस्ता परीक्षण ७–८ दिनपछि मात्रै गर्न डा बलवीर सुझाव दिन्छन्। 

यदि यीमध्ये कुनै प्यारामिटर बढ्छ भने शरीरका अन्य भागमा गडबडी सुरु भइसकेको छ भनेर थाहा पाइन्छ। यो रिपोर्टले कुन बिरामी कहिलेसम्म अस्पतालमा भर्ना हुने भनेर जनाउने गर्दछ। ‘यसले शरीरको कुन चाहिँ भाग कोरोनाको चपेटामा परिरहेको छ र यसका लागि कुन औषधि दिने भनेर बताउने गर्दछ’, डा बलवीर भन्छन्। 

मुटुको कसरी राख्ने ख्याल ?

डा सेठ र बलवीर दुवैको एउटै सल्लाह दिन्छन्–

– चिकित्सकहरुले ब्लड थिनर र अन्य औषधि जति समयका लागि सफारिस गरेका छन्, त्यतिमात्रै लिने।

– यदि तपाइँको मद्यपान तथा धूमपान गर्ने बानी छ भने काभिड देखिनेबित्तिकै त्याग्नुपर्दछ। 

– खानपिनमा विशेष ख्याल राख्नुपर्दछ। फलफूल, हरियो सागसब्जी प्रशस्त खानुपर्दछ। पानी धेरै पिउनुुपर्छ। शरीरमा पानीको मात्रा कम भयो भने रगत जम्ने सम्भावना धेरै हुने गर्दछ। 

– अस्पतालबाट डिस्चार्ज भएको दुुई सातापछि आफ्नो डाक्टरकोमा नियमित फलो–अप चेक गर्नुपर्दछ। आवश्यक परे डाक्टरसँगको सल्लाहमा ईसीजी, इको, काडियाग्राम गराउनुपर्दछ। 

– अस्पतालबाट फर्किपछि विस्तारै हल्का खाले शारीरिक अभ्यासहरु गर्न सुरु गर्नुपर्दछ। 

– दिनभरि बेडमा सुतेर आराममात्रै गर्नुहँुदैन। योग गर्ने र सकारात्मक सोचको विकास गर्नुपर्दछ। 

६ मिनेटको वाक टेस्ट 

यसका अलावा ६ मिनेटको वाक टेस्टको कुरा पनि सर्वत्र चर्चा भइरहेको छ। घरमै बसेर मुटु र फोक्सो दुवैको स्वस्थपन जाँच्ने यो एउटा सजिलो उपाय हो। घरमै कोरोनाबाट निको भएकाहरुलाई डाक्टरहरुले यसको सल्लाह दिने गर्दछन्। यसबाट मुटु स्वस्थ छ कि छैन भनेर सजिलै थाहा पाइन्छ। 

चिकित्सकका अनुसार यो वाक टेस्ट गर्नुभन्दा पहिले अक्सिन लेभल चेक गर्नुपर्छ। फेरि ६ मिनेटसम्म लगातार औसत एउटै चालमा हिँड्नुपर्छ। यसपश्चात फेरि अक्सिजन चेक गर्नुपर्छ। यदि शरीरमा अक्सिजनको मात्रामा गिरावट आएको छैन भने तपाइँको मुटुु र फोक्सो दुुवै स्वस्थ अवस्थामा छन्। यदि तपाइँ ६ मिनेटसम्म हिँड्न सक्नुुभइरहेको छैन भने चिकित्सकको परामर्श लिनुुपर्दछ। –बीबीसीबाट भावानुवादित