काठमाण्डौ । नेपालमा कोभिड संक्रमण दर घट्न थालेको छ । पछिल्ला केही दिनमा जाँच गरिएका नमूनाहरुमा संक्रमण पुष्टि भएका नमूनाको अनुपात लगातार घटिरहेको हो । यो क्रमले गत २४ घण्टामा पनि निरन्तरता पायो । 

गत २४ घण्टामा देशभर पीसीआर र एन्टीजेन गरी २३ हजार २२६ नमूनाको परीक्षण भएकोमा ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भयो । यो भनेको ३७ प्रतिशत हो । 

यो अवधिमा ७ हजार ८९० जनाले कोरोनालाई जितेका छन् । 

यस्तै, देशभर १७७ संक्रमितको ज्यान गएको छ । योसहित कोभिड १९ को संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ । 

नेपालमा हाल १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित रहेका छन् । 

नेपालमा सक्रिय संक्रमित २३.३८ प्रतिशत रहेका छन् भने ७५.४१ प्रतिशत संक्रमित निको भएका छन् । 

काठमाण्डौ उपत्यकामा पनि संक्रमितको संख्या घट्न थालेको छ । गत २४ घण्टामा काठमाण्डौ जिल्लामा १७५२ संक्रमित थपिएका छन् । यस्तै, ललितपुरमा ४०० र भक्तपुरमा २९५ संक्रमित थपिएका छन् ।