Symbolic Photo
काठमाण्डौ । सन् २०२० मा दक्षिण कोरियाका लागि नेपाली कामदार पठाउन वैदेशिक रोजगार विभागअन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको छ ।
गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले सार्वजनिक गरेको हो । यसबारे केहीबेरमा विस्तृत जानकारी गराइने ईपीएस कोरिया शाखाले जनाएको छ ।
परीक्षाका लागि ९२ हजार ३५६ जना परीक्षार्थीले आवेदन दिएकोमा ८४ हजार १४१ जनाले परीक्षामा सहभागिता जनाएका थिए। तीध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । जसमा कृषिमा तीन हजार र उत्पादनमूलक क्षेत्रमा सात हजार ५० जना लगिनेछ ।
कोरियाले करिब १ दशकदेखि नेपालबाट कामदार आफ्नो देश लैजान थालेको हो ।
परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19