काठमाण्डौ । कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आगामी चैत १४ देखि आवेदन खुला गरिने भएको छ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियामा रोजगारीका लागि जान इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुला गर्न लागिएको हो। इच्छुक नेपाली चैत २१ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। परीक्षा काठमाण्डौ केन्द्रबाट मात्र सञ्चालन हुने शाखाले जनाएको छ।
शाखाले कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ। जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ।
यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने छ।
सीप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणमा जेठ २४ देखि असार १६ सम्म मिति तोकिएको छ। उत्पादन क्षेत्रको सीप परीक्षणका लागि पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म मिति तोकिएको छ।
उत्पादनमूलक क्षेत्रमा पढाइ र सुनाइ गरी १०० पूर्णांकको परीक्षा हुनेछ। उत्तीर्ण हुनका लागि कम्तीमा ५५ अंक ल्याउनुपर्नेछ।
कृषि तथा पशुपालन क्षेत्रमा भने कुल ९० पूर्णांकको परीक्षा हुनेछ। उत्तीर्ण हुनका लागि ३६ ल्याउनुपर्नेछ।
परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र भनेपछि सार्वजनिक गरिने बताइएको छ।
इच्छुकले eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19