काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६७४ सहित देशभर १ हजार १५४ कोरोना संक्रमित थपिएका छन् ।
देशभर ९ हजार ५३३ पीसीआर टेस्ट गर्दा ११५४ को रिपोर्ट पोजिटिभ आएको हो ।
आज पनि देशभर थपिएका कुल कोरोना संक्रमितमध्ये ५८ प्रतिशत बढी काठमाण्डौ उपत्यकाका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डौ जिल्लामा मात्रै ५३८ संक्रमित थपिएका छन् । भक्तपुरमा ७४ र ललितपुरमा ६२ संक्रमित थपिएका छन् ।
थपिएको संख्यासहित हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ, जसमध्ये हालसम्म४७ हजार २३८ निको भइसकेका छन् भने १७ हजार ६११ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५ संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।
यो अवधिमा हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६ संक्रमितको ज्यान गएको हो । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
मृतक कहाँका कति ?
आज मृत्यु हुने थप १६ मध्ये १३ जना पुरुष र ३ जना महिला रहेका छन् ।
मृतकमध्ये उपत्यकाका मात्रै ६ जना रहेका छन् । काठमाण्डौका ५८ र ७३ वर्षीय दुई पुरुष, ललितपुरका ५८ वर्षीया महिला र ६१ वर्षीया पुरुष, भक्तपुरका ८४ वर्षीय र ६४ वर्षीया २ पुरुषको मृत्यु भएको हो ।
झापाका एक ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, मकवानपुरको १७ वर्षीया एक किशोरी र ६८ वर्षीय एक पुरुष, चितवनका ५५ वर्षीय एक पुरुष, दोलखाकी ५२ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीय एक पुरुष र बाँकेका ५० र ५९ वर्षका २ पुरुषको कोरोनाका कारण ज्यान गएको हो ।
हाल देशभर १९६ संक्रमितको आइसियूमा र ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago