काठमाण्डौ। आजभन्दा ठीक १०० दिनअघि विश्वमा एउटा नयाँ भाइरस पत्ता लागेको थियो। जसलाई नोवेल कोरोनाभाइरस नाम दिइएको छ।
यो कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म विश्वभर ९५ हजार बढी मानिसको ज्यान गइसकेको छ भने १६लाख बढी संक्रमित भइसकेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि आज यो भाइरस पत्ता लागेको १०० दिन भएको पुष्टि गरेको छ। डब्लूएचओका अनुसार डिसेम्बर ३१ २०१९ मा चीनको हुवेई प्रान्तको वुहान सहरमा निमोनियाका थुप्रै मामिला अगाडि आएका थिए। चीन सरकारले यो दिन डब्लूएचओलाई अज्ञात कारणले निमोनियाको संक्रमण फैलिएको सूचना दिएको थियो।
पछि यो संक्रमणलाई कोभिड–१९ अर्थात कोरोनाभाइरसको नाम दिइयो। त्यसपछि यो संक्रमण विश्वभर फैलिन थाल्यो। अहिले विश्वका अधिकांश देशमा यो भाइरस फैलिएको छ।
यो भाइरसबाट अहिले दैनिक हजारौँमा मानिसको ज्यान जाने गरेको छ भने ठूलो संख्यामा नयाँ संक्रमित थपिने गरेका छन्।
यो भाइरस पत्ता लागेको १०० दिन पूरा हुँदा हुँदा पनि कुनै औषधि वा भ्याक्सिन तयार भएको छैन।
यो १०० दिनमा के–के भयो ? केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् –
३१ डिसेम्बर २०१९ – चीनले हुबेई प्रान्तको वुहान सहरमा अज्ञात रोगबाट निमोनिया फैलिएको विश्व स्वास्थ्य संगठनलाई सूचित गरायो।
११ जनवरी २०२० – चीनले कोरोनाभाइरसबाट पहिलो ज्यान गएको जानकारी दियो।
१२ जनवरी २०२० – चीनले सार्वजनिक रुपमा कोरोनाको जेनेटिक सिक्वेन्सबारे अवगत गरायो।
१३ जनवरी २०२० – चीनबाहिर अन्य देशमा पहिलोपटक संक्रमण देखिएको घटना बाहिर आयो। यो भाइरसबाट चीनपछि थाइल्यान्डमा संक्रमित देखियो र पछि अन्य देशहरुमा फैलियो।
२३ जनवरी २०२० – चीनको वुहान सहरमा लकडाउन घोषणा गरियो। १.१ करोड जनसंख्या रहेको यो सहर पूर्ण रुपमा बन्द भयो।
३० जनवरी २०२० – विश्व स्वास्थ्य संगठनले आधिकारिक रुपमा कोरोनाभाइरसका कारण स्वास्थ्य आपतकालीन घोषणा गर्यो। यो दिन भारतमा पहिलोपटक एक छात्रमा संक्रमण फेला परेको थियो। ती छात्रा वुहान युनिभर्सिटीबाट केरल फर्किएका थिए।
७ फेब्रुअरी २०२० – चीनका चिकित्सक डा वेन्लियाङले जसले विश्वलाई यो भाइरसबाट अवगत गराएका थिए, उनको यही भाइरसबाट ज्यान गयो।
२२ फेब्रुअरी २०२० – इटालीमा कोरोनाभाइरसबाट पहिलोपटक एकजनाको ज्यान गयो। यसपछि इटालीमा सामाजिक दूरी अपनाउन अपिल गरियो।
११ मार्च २०२० – विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई विश्व महामारी घोषणा गर्यो।
२७ मार्च २०२० – ब्रिटेनका प्रधानमन्त्री बोरिय जोन्सनमा कोरोनाभाइरस पोजेटिभ देखियो। गत आइतबार आईसीयूमा भर्ना गरिएको जोन्सनको स्वास्थ्य अवस्थामा सुधार भएपछि बिहीबार वार्डमा सारिएको छ।
८ अप्रिल २०२० – चीनले वुहान सहरमा लागू गरेको लकडाउन ७६ दिनपछि खोल्यो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago