काठमाण्डौ । यति विश्वभर कोरोनाभाइरसले त्रासको वातावरण सिर्जना गरिरहेको छ।

विश्व महामारी घोषित यो भाइरसको लक्षण सामान्यता सामान्य रुघा, खोकी र ज्वरोका लक्षणसँग मिल्दोजुल्दो हुन्छ। यस्ता सामान्य लक्षण देखिँदैमा कोरोनाको आशंकामा आत्तिएर अस्पताल नै भर्ना हुनुपर्छ भन्ने आवश्यकता हुँदैन। यस्तो आफैँले संयमता अपनाएर सुझबुझका साथ अगाडि बढ्नुपर्छ। 

कोरोना संक्रमणका शंका भए के गर्ने ?

सरकारको व्यवस्था गरेको सम्बन्धित चिकित्सकहरुलाई फोन गरी परामर्श लिनुहोस्। यदि तपाइँलाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने यसबारे चिकित्सकलाई विस्तृत रुपमा भन्नुहोस्। यदि चिकित्सकले अस्पताल आउन सल्लाह दिन्छन् भने जानुहोस् र चिकित्सकले भनेबमोजिम परीक्षण गराउनुहोस्। किनकि अहिले अस्पतालहरुमा कोरोना संक्रमितका लागि हेरचाह गर्न छुट्टै व्यवस्था गरिएको छ। यदि टेस्ट पोजेटिभ नै आए पनि आत्तिनुपर्दैन। बेलैमा उपचार सुरु गर्दा निको हुन्छ। 

अस्पतालको आकस्मिक कक्षमा जानुअघि के गर्ने ?

यदि तपाइँलाई कोरोनाको शंका लागेर अस्पतालको आकस्मिक कक्षमा गएर स्वास्थ्य परीक्षण पनि गर्न सक्नुहुन्छ। तर त्यहाँ जानुअघि वास्तवमै आफूलाई यो भाइरसको संक्रमण छ वा छैन विचार गर्नुहोस्। किनकि सामान्य रुघा, खोकी र ज्वारो आउँदैमा अस्पताल जानुपर्दैन। अस्पतालका चिकित्सकहरु पनि यतिखेर कोरोना रोकथामका लागि दिनरात नभनी खटिरहेका छन्। 

यदि लक्षण कोरोनासँग मिल्दोजुल्दो छ भने पनि अस्पतालको आकस्मिक कक्षमा गइहाल्नुपर्दैन। पहिले कुनै चिकित्सकसँग सल्लाह गरेरमात्र अस्पताल जानु उचित हुन्छ। 

कोरोना लक्षण देखिँदा दीर्घरोगका बिरामीले के गर्ने ?

दम, निमोनिया, मुटु, मिर्गौला रोगी, मधुमेह र क्यान्सरका बिरामी यो भाइरसबाट अतिजोखिममा हुन्छन्। यदि यस्तो अवस्थामा यस्ता बिरामीलाई कोरोनाको लक्षण देखिए चिकित्सकको सल्लाहबमोजिम उपचार सुरु गर्नुपर्छ। यस्ता बिरामीमा कोरोना संक्रमणकै जस्तै लक्षण देखिए तुरुन्त चिकित्सकलाई सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्छ। यो भाइरस विशेषगरी दाम र निमोनिया रोगका लागि निकै घातक हुन्छ।

यस्ता लक्षण देखिए घरमा के–के गर्ने ?

यो भाइरसको संक्रमणमा देखिनेजस्तै लक्षण देखिए तुरुन्तै बिरामीलाई छुट्टै कोठामा राख्नुहोस्। अरुलाई बारम्बार बिरामीको सम्पर्कमा जान नदिनुहोस्। घरमा पाल्तु जनावरलाई पनि बिरामीको नजिकमा जान नदिनुहोस्। 

यस्तो बेला बिरामीलाई सकिन्छ भने छुट्टै बाथरुमको व्यवस्था गर्नुहोस्। यदि बाथरुम एउटैमात्र छ भने बिरामीले प्रयोग गरेपछि त्यहाँ सेनिटाइजर छर्नुहोस्। 

बिरामीले छोएका बारुथमको ह्यान्डि, झ्यालढोकाका ह्यान्डिल, बिजुली स्विच, धाराको ट्याप आदि सबैलाई सेनिटाइज गर्नुहोस्।

बिरामीलाई खाना दिँदा टाढैबाट दिनुहोस्। बिरामीलाई हेरचाह गर्नेले सधैँ मास्क र हात सफा राख्न सेनिटाइजरको प्रयोग गर्नुहोस्। बिरामीसँगै बसेर खाना खान, एउटा रुमाल वा तौलिया प्रयोग गर्न र बिस्तार प्रयोग गर्न छाड्नुहोस्। 

घरमा यदि खुला स्थान छ भने बिरामी त्यसेको आसपासको कोठामा राख्नुहोस्। यस्तो कोठाका झ्याल खुलै राख्नुहोस्। 

यस्ता लक्षण देखिएका बिरामीलाई गाह्रो हुँदा के गर्ने ?

यदि कोरोनाकै जस्तै लक्षण देखिएका बिरामीलाई सास लिन गाह्रो भयो, छातीको दुखाइ बढी भयो, ओठ र अनुहार नीलो भयो, होस् गुमेकोजस्तै भयो भने तुरुन्तै कोरोना उपचार विशेष अस्पतालमा लगेर बिरामीलाई भर्ना गर्नुपर्छ। 

यदि बिरामीका कोरोना पोजेटिभ नै देखिए घरमा कसरी रेखदेख गर्ने ?

यदि तपाइँमा देखिएका लक्षणहरु सबै कोरोना भाइरसको संक्रमणकै जस्तै छ तर जाँच गराउनुभएको छैन भने आफैँले सतर्कता अपनाउन सक्नुहुन्छ। यस्ता अवस्थामा सामान्य फ्लुमा जस्तै खानपान र रहसहनमा सतर्कता अपनाउनुहोस्। तरल पदार्थ सेवामा बढी जोड दिनुहोस्। नियमित रुपमा ज्वरो नाप्नुहोस्। यदि २–४ दिनसम्म सतर्कता अपनाउँदा पनि बिरामीको स्वास्थ्य अवस्थामा सुधार नआए वा बिरामी कमजोर बन्दै गए तुरुन्त चिकित्सकको सल्लाहबमोजिम अगाडि बढ्नुहोस्। 

घरमै आइसोलेसन कसरी बस्ने ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सल्लाहअनुसार कोरोना संक्रमित बिरामीको सम्पर्कमा रहेका वा सामान्य लक्षण देखिएकाहरु घरमै १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्छ। 

आइसोलेनबाट बाहिर निस्किँदा विशेष गरी यी तीन कुरालाई विशेष ध्यान दिनुपर्छ –

  • ज्वरो कम हुने औषधि नखाएको कम्तीमा पनि ७२ घन्टासम्म ज्वरो फेरि नआएको होस्। 
  • अन्य लक्षण जस्तै कफ, सास लिन सहजता आदि। 
  • लक्षण देखिएको कम से कम ७ दिन बितिसकेको होस्।

कोरोना ठिक हुन कति समय लाग्छ ?

चिकित्सकको सल्लाहबमोजिम उपचारमा रहेका कोरोनाको संक्रमित अधिकांश मामिलामा एक साताभित्र आराम महसुस गर्न थाल्छन्। त्यसको केही दिनमै उनीहरु पूर्ण रुपमा कोरोनामुक्त हुन्छन्। – एजेन्सी