काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशरभर गत मंगलबारदेखि लकडाउन गरेको छ। कडाउनसँगै मानिसहरु अहिले घरभित्रै थुनिएका छन्।
अस्पतालमा पनि आकस्मिक सेवाबाहेक अन्य सेवा सञ्चालनमा छैन। यस्तो यदि कसैलाई सामान्य रुघाखोकीजस्ता लक्षण देखिए पनि कोरोनाको सन्त्रास बढिरहेको छ।
यही सन्त्रास कम गर्न नेपाल चिकित्सक संघले कोरोनाभाइरस संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै सेवा दिने भएको छ। संघले आमसर्वसाधारणलाई कोरोनाभाइरससँग सम्बन्धित परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई सम्पर्क गरी परामर्श लिन सम्बन्धित विशेषज्ञ चिकित्सकहरूको टेलिफोन नम्बर सार्वजनिक गरेको हो।
संघका अनुसार भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा वा अन्य समस्या देखिएकामा सम्पर्कका लागि तोकिएको समयमा सर्वसाधारणले उपलब्ध नम्बरमा चिकित्सकसँग सम्पर्क गरी समस्याबारे परामर्श लिन सक्नेछन्।
संघले नागरिकलाई आकस्मिक अवस्थामा बाहेक स्वास्थ्यसंस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान र घरमै सुरक्षित रुपमा रहन सर्वसाधारणलाई आग्रह पनि गरेको छ।
संघले सार्वजनिक गरेको चिकित्सकहरूको फोन नम्बरहरू यस प्रकार रहेको छ–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago