काठमाण्डौ। सरकारले विश्व महामारी कोरोनाभाइरससम्बन्धी उपचारका लागि अस्पतालहरु तोकेको छ। सरकारले विशेष, हब अस्पतालसँगै जिल्ला अस्पताललाई उपचारका लागि तोकेको हो।

स्वास्थ्य मन्त्रालय जारी गरेको सूचीमा काठमाण्डौ उपत्यकाका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र सैनिक अस्पताललाई विशेष अस्पतालका रुपमा तोेकेको छ। प्रदेशमा भने प्रादेशिक अस्पतालाई विशेष उपचारका लागि तोकेको छ। जसमा प्रदेश १ मा मेची अस्पताल र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपुर र बारा अस्पताल, बागमतीमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पतालाई विशेष अस्पताल तोेकेको छ।
 

त्यस्तै, प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल, कर्णालीमा सुर्खेत र दैलेख अस्पताल तथा सुदूरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताललाई विशेष अस्पताल तोेकेको छ।

सबै प्रदेशमा हब अस्पताल तोकेर डाक्टर पनि खटाइएको छ। तोकिएका हब अस्पतालहरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, जनकपुर अस्पताल, नारायणी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, श्रीवीरेन्द्र अस्पताल, भरतपुर अस्पताल, धुलिखेल अस्पताल, भेरी प्रदेश अस्पताल, लुम्बिनी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, महाकाली अस्पताल र सेती अस्पताल छन्। 

त्यस्तै सरकारले जिल्ला अस्पतालहरुमा कोरोनासम्बन्धी उपचार हुने व्यवस्था मिलाएको छ।