काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट जे दबाई मगाएका थिए, त्यसको साइड इफेक्ट पनि छ । अर्थात् दबाईको उपभोग खतरनाक पनि हुुनसक्छ ।
हाइड्रोक्सीक्लोरोक्वीन दबाई कोरोना बिरामीबाट संक्रमण रोक्न सहयोगी साबित हुुनसक्छ, तर त्यसको साइड इफेक्ट पनि छ । यो साइड इफेक्ट भयावह पनि हुन सक्छ, यसअघि नै मुटुुसम्बन्धी पुुरानो बिरामीलाई खतरा हुुनसक्ने विज्ञले चेतावनी दिएका छन् ।
विश्वको प्रसिद्ध अस्पताल मेयो क्लिनिकका कार्डियोजोजिस्टले यसबारे विश्वलाई सावधानी अपनाउन सन्देश जारी गरेका छन् । मेयो क्लिनिकका जेनेटिक कार्डियोलोजिस्ट डा.माइकल एकरम्यानले भने–‘सबै डाक्टरहरुलाई यो दबाइको साइड इफेक्टका बारे थाहा छ । यत्तिकै खानका लागि यो दबाइ बनेको होइन । कुुनै मानिस आफैं खाएमा त्यसको गलत परिणाम भोग्नुपर्ने हुुुन्छ ।’
डा.माइकल एकरम्यानले एनबीसी न्यूूजलार्ई दिएको एक अन्तर्वार्तामा भनेका छन्–‘हाइड्रोक्सीक्लोरोक्वीनको धेरै खतरनाक साइडइफेक्ट छ । जसलाई संसारका कुुनै पनि डाक्टरले बाइपास गर्न सक्दैनन् ।’
डा.एकरम्यानले भने–‘म धैरै हैरान छुु, कि यो दबाईलाई राजनीतिक ढंगले बढावा दिइएको छ, तर कुुनै पनि डाक्टर आफ्नो बिरामीलाई यो दबाइ दिन्छ भने यसको साइडइफेक्टबारे पहिले नै जानकार गराइन्छ । यदि उसले बताउँदैन भने गलत गर्छ ।’
डा.माइकल एकरम्यान भन्छन्–‘यदि दबाइ प्रेसक्रिप्सन सही तरिकाले दिइएन र यसको डोज सही मात्रामा बिरामीलाई दिइएन भने बिरामीको मृत्युु हुुनसक्छ । उसलाई मुुटुुको चोट लाग्नसक्छ वा मुुटुुमा गम्भीर समस्या पनि हुुनसक्छ । अमेरिकामा यसलाई किन यति धेरै महत्व दिइरहेको छ मैले बुुझ्न सकिरहेको छैन ।’
डाक्टरले अगाडि भनेका छन्–‘यो दबाई कोरोनाको नभई मलेरियाको उपचारका लागि हो । यसले कोरोना रोकथाममा कुुनै आशा देखाएको छैन ।’
हालै भएको एक अध्ययनमा भनिएको छ कि हाइड्रोक्सीक्लोरोक्वीन र एजिथ्रोमाइसिनको डोज जुुन बिरामीलाई दिइयो, त्यसमध्ये ११ प्रतिशत बिरामीलाई मुुटुुको बिरामी भए ।
हाइड्रोक्सोक्लोरोक्वीनको धेरै साइड इफेक्ट पनि छ । यसलाई खाएपछि टाउको दुुख्ने, भोक हराउने, पेट दुुखाइ, वान्ता र छालामा दाग आउनसक्छ । ओभर डोज भएको खण्डमा बेहोश पनि हुुनसक्छ।
डा.एकरम्यानले भनेका छन्–‘यदि यो दबाई मुुुटुुको बिरामीलाई दिइए उसलाई ज्यादै खतरनाक साबित हुुनसक्छ । यो दबाई उपभोग कोरोनाका लागि प्रयोग गर्नुु मेडिकल साइन्सका विरुद्धमा हुुनजान्छ ।’
डा.माइकल एकरम्यानले भने–‘म पहिलो चोटि विश्वमा कुुुनै दबाइलाई यस किसिमले देखिरहेको छुु, जसमा रिपब्लिकन र डेमोक्रेटिक मेडिकेशनका नाममा बढाइराखिएको छ । यो एक किसिमको पागलपन हो ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago