काठमाण्डौ । शरीरको तापमान तीव्र गतिमा बढ्नुु र निरन्तर खोकी लाग्नु कोरोनाभाइरसको मुुख्य लक्षण हुुन् । तर, हालै गरिएको एक अध्ययनले कोरोना संक्रमण देखिएका धेरैजसो मानिसमा स्नायू सम्बन्धी लक्षणहरु अनुुभव गरेको जनाइएको छ ।
चीनका वैज्ञानिकहरुले गरेको अध्ययनले कोरोना संक्रमित बिरामीमा टाउको दुुख्ने र चक्कर लाग्ने जस्ता लक्षणहरु विकसित भएको देखाएको छ ।
उनीहरुले पत्ता लगाएको यो तथ्य मेडिकल जर्नल जामामा प्रकाशित भएको छ । अनुुसन्धानकर्ताले संक्रमित मानिसमा श्वासप्रश्वास समस्याका साथै स्नायुु प्रणालीमा समेत असर पारेको देखिएको बताएका थिए । यस अध्ययनमा कोरोनाले कसरी स्नायुु प्रणालीलाई असर पुुर्याउने रोगहरुको लक्षण देखिएका छन् भनेर हेरिएको थियो ।
यो अनुुसन्धान वुुहानको अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमाथि गरिएको थियो । अनुुसन्धानकर्ताले जाँचको क्रममा कोरोना संक्रमणले स्नायुु प्रणालीमा ल्याएको बदलावहरुको बारेमा ध्यान दिएका थिए ।
अनुुसन्धानकर्ताको यो निश्कर्ष चीनको चिरपरिचित न्युुरोलोजी जर्नल जामामा प्रकाशित भएको थियो । अनुुसन्धानकर्ताले कोभिड १९ का संक्रमितमा एक निश्चित अनुुपातमा न्युुरोलोजिकल लक्षण देखिएको बताएका छन् । अनुुसन्धानकर्ताले १६ जनवरी २०२० देखि १९ फेब्रुअरी २०२० सम्मका कोरोना संक्रमितलाई अध्ययन गरेका थिए ।
अनुुसन्धानकर्ताले ३६.४ प्रतिशत संक्रमितमा कोरोनाको सामान्य लक्ष्यणको तुुलनामा न्युुरोलिोजिकल लक्षण धरै देखिएको बताएका छन् । यस्ता लक्षण सामान्यतया गम्भीर रोग लागेका बिरामीमा धेरै देखिने गर्दछ ।
अनुुसन्धानकर्ताले यी लक्षणहरुलाई तीन श्रेणीमा वर्गीकरण गरेका छन् । यसमा पहिलो असर केन्द्रीय स्नायुु प्रणालीमा परेको थियो । जसको लक्षण चक्कर आउने, टाउको दुुख्ने, चेतनाको स्तर घट्ने, तीव्र मष्तिष्क वाहिकिए रोग र एटोक्सिया रहेका थिए ।
यसको साथै दोस्रो श्रेणीमा पेरीफेरल नर्भस सिस्टममा देखिएको थियो । यसमा संक्रमितको स्वाद र गन्धको क्षमतामा ह्रास, दृष्टि हानी र नर्भस पेन जस्ता लक्षणहरु समावेश थिए ।
र, तेस्रो श्रेणीमा स्केलेटल मस्कुुलर इन्जुुरीको अध्ययन गरिएको थियो । यसमा कोरोनाको गम्भीर संक्रमणले दिमागमा पनि असर पुुर्याउने सक्ने जनाइएको थियो ।
यसका लागि अनुुसन्धानकताले २१४ जना संक्रमितहरुको अध्ययन गरेका थिए । यी संक्रमितमा १२६ जनामा गम्भीर संक्रमण देखिएको थिएन, त्यस्तै ८८ जनामा गम्भीर संक्रमण देखिएको थियो । अध्ययनबाट ७८ जना संक्रमितलाई कोरोना संक्रमणबाट स्नायुु प्रणालीमा बदलाव आएको देखिएको थियो ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago