काठमाण्डौ । जसरी विश्व लकडाउनबाट बाहिर विस्तारै–विस्तारै बाहिर आइरहेको छ र आर्थिक गतिविधि पनि सुुरु भइरहेको छ। यसबाट कोरोनाभाइरस संक्रमण हुुने र फैलने खतरा बढेर गएको छ।
यसबाट संक्रमणको दोस्रो लहर पैदा हुुने डरसमेत बढेको छ।

इम्युुनोलिस्ट तथा बायोलोजीका असोसिएट प्रोफेसर एरिन ब्रोमेज अमेरिकाको युुनिभर्सिटी अफ मेसाचुुसेट्समा संक्रमित बिरामीहरुका बारेमा पढाउँछन्। तिनीहरु कोरोनामहामारीमा पनि गहिरो अध्ययन गरिरहेका छन्।

एरिनले कोरोनाभाइरसको खतरा बारे एउटा ब्लक पोस्ट लेखेको लेख करिब १.६ करोड पटकमा पढेका छन्। सामान्य जनजीवनमा फर्किंदाको दौरान तपाइँ स्वयं कसरी सुुरक्षित हुुनेबारे उनले सल्लाह दिएका छन्।

मानिस कहाँ बिरामी हुुुन्छन् ? डा. ब्रोमेज भन्छन्, अधिक मानिसहरु आफ्नै घरमा परिवारका कोही सदस्यद्धारा संक्रमित हुुन्छन्।

कसरी रहने सुुरक्षित ?

तर घरबाहिर कसरी सुुरक्षित रहने ? के हामी पार्कमा दैनिक हिँड्दा खतरामा पर्छौं ? के फेसमास्क बिनाकुुनै ठाउँ वा अनजान ठाउँमा जाँदा संक्रमित भइन्छ?

प्रोफेसर भन्छन्, सायद यस्तो हुुँदैन। उनले भने, ‘जब तपाइँ बाहिर निस्कनुुुहुुन्छ, तब खुुला वातावरणमा यस्तो क्षमता हुुन्छ कि जुुनसमय श्वास छाड्ने बेला भाइरस तीव्र रुपमा कमजोर हुुन सक्छ।’

यस्तो यसकारण हुुन्छ किनकि कुुनै भाइरस तपाइँलाई संक्रमित गर्नकालागि जति समय लाग्छ, त्यति नै समय तपाइँ उसको सम्पर्कमा खुुला वातावरणमा रहँदैन। किनकि भाइरस तीव्र गतिले निष्प्रभावी हुुन सक्छ।

एरिनले आफ्नो ब्लगमा लेखेका छन्, ‘संक्रमित हुुनका लागि तपाईँ भाइरसलाई संक्रामक डोजको सम्पर्कमा आउन जरुरी छ। मर्स र सार्सको संक्रामक डोजको अध्ययनका आधारमा केही अनुुमानबाट पत्ता लागिरहेको छ कि संक्रमण टिक्नका लागि न्यूूनतम १ हजार सार्स कोभ–२ भाइरल पार्टिकल्स जरुरत पर्छ।’

यो तथ्यांक बहसको विषय हो र प्रयोगका माध्यमबाट यसलाई प्रमाणित गर्न आवश्यक छ। कसरी संक्रमण हुुन्छ भन्नेबारे यसले संकेत दिन्छ।

यसको मतलब यो हो कि यदि हामी कमका लागि संक्रमित व्यक्तिको सम्पर्कमा आयौं भने। उदाहरणका लागि यदि कोही जगिङ गर्ने अन्जान व्यक्ति तपाइँको नजिकबाट हिँडिरहेका भए यसबाट तपाइँभित्र संक्रमण पैदा हुुने लायक डोज आउन मुुश्किल छ।

यस्तो अवस्थामा कुन हालतमा हामी धेरै चिन्तित हुुने जरुरत छ ?

जुन व्यक्तिमा लक्षणहरु देखा परिरहेका छन् उनीहरुलाई खोकी, हाँछ्यूूबाट बिरामी फैलन सक्छ तर यसको दर अलगअलग छ। एक पटक खोकीबाट करिब ८० किलोमिटर प्रतिघण्टा रफ्तारमा करिब ३ हजार थोपा निस्कन्छ।

एरिनका अनुसार धेरै थोपा ठूूलो र भारी हुुन्छ। यसको मतलब यो हो कि चाँडै नै सतहमा झर्छ तर केही थोपा हावामा रहिरहन्छ र कोठामा पनि पस्न सक्छ।

यदि तपाइँ कुुनै यस्तो लिफ्टमा फस्नुुभएको छ, जसमा कोही व्यक्ति खोकीका सट्टा हाँछ्युु गर्छ तब तपाईँको समस्या १० गुणा बढ्छ।

एक हाँछ्युुबाट करिब ३० हजार बुुँद निस्कन्छ। यसमा सानो सानो थोपा धेरै टाढासम्म पुुग्दछ। यसको स्पीड ३२० किलोमिटर प्रतिघण्टासम्म हुुन्छ।

एरिनले लेखेका छन्, ‘यदि कोही व्यक्ति संक्रमित हुुन्छ भने उसको एक खोकी वा हाँछ्यूूमा २० करोड भाइरस पार्टिकल्ससम्म हुुन्छ।’

यस्तो अवस्थामा तपाईँ कुनै व्यक्तिसँग आमनेसामने बसेर कुुराकानी गरिरहनुुभएको छ र यदि त्यो व्यक्ति हाँछ्यूू वा खोक्दछ भने तपाइँमा १ हजार भाइरल पार्टिकल्स सजिलै आउँछ र तपाइँ संक्रमित हुुनुुहुुनेछ।

बिना लक्षण वाला स्प्रेडदर

व्यक्तिमा लक्षण देखा पर्नुुअघि करिब ५ दिन पहिले नै संक्रमित हुुनसक्छ। केहीमा त कुुनै लक्षणसमेत देखिँदैन।

यहाँसम्म कि श्वासबाट भाइरसका प्रतिलिपिहरु हावामा आउँछन् तर कति ?

डा. ब्रोमेजका अनुुुसार एक श्वासबाट ५० देखि ५ हजार बुुँद निस्कन्छ। यसमा धेरै थोपाको रफ्तार कम हुुन्छ र चाँडै नै सतहमा झर्नपुुग्छ। जब हामी आफ्नो नाकबाट श्वास लिन्छौं तब अरु पनि कम थोपा रिलिज हुुन्छ।

महत्वपूूूूर्ण कुुरा चाहिँ श्वास ताकतका साथ बाहिर निस्किदैँन। यस्तो अवस्थामा भाइरल कणहरु श्वासनलीबाट बाहिर निस्किदैन। 

श्वासनलीको यस हिस्सामा पाउने कोरोना भाइरस अक्सर टिस्यूूमा पाइन्छ। हामीलाई थाहा छैन कि श्वासका साथ सार्स कोभ–२ कति भाइरल पार्टिकल्स बाहिर निस्कन्छ। तर डा. एरिन एक अध्ययनका बारेमा भन्छन्, ‘इन्फ्लुुएन्जाबाट संक्रमित कोही व्यक्ति एक मिनेट श्वासमा ३ देखि २० भाइरस आरएनए प्रतिलिपिहरु रिलिज गर्छ।’

डा एरिनका अनुुसार बोल्दा रेस्पिरेटरी थोपा निस्कन १० गुुणा बढी करिब २०० प्रतिलिपिहरु प्रति मिनेटको पहुुुँच हुुुन्छ। गीत गाउँदा वा चिच्याउँदा दुुवैमा हावाका थापाको मात्रा धेरै बढ्छ। यो थोपा यस्तो इलाकामा पनि आउँछ, जहाँ टिस्युुबाट संक्रमित हुुने असर अधिक हुुन्छ। उनी भन्छन्, ‘यस्तो अवस्थामा कुुनै पनि कारण ताकतका साथ थोपा बाहिर निस्कन्छ भने यसमा भाइरसवाला टिस्यूूभन्दा धेरै थोपा आउँदछ।

कस्तो माहौल विशेषगरी जोखिमपूूर्ण हुुन्छ ?

प्रोफेसर ब्रोमेजका अनुुसार अफिसमा हुुने इभेन्ट, खेलकुुुद र सोसल इभेन्ट्स जोखिमपूूर्ण हुुन्छ। यो मौकामा भाइरससँग सम्पर्कमा आउँदा खतरापूूर्ण हुुन्छ। कलसेन्टर जस्तो स्थानहरुमा यदि मानिस ५० फिटको दूूरीमा पनि भाइरसको एक कम डोज पनि यदि लामो समयसम्म बनिरहन्छ र यो नै संक्रमित गर्न पर्याप्त छ।

हामी काममा आवतजावत गर्दासमेत चिन्तााको विषय हुुन्छ। दन्तचिकित्सकका साथ पनि अधिक जोखिम हुुन्छ। ‘यसका साथै शिक्षण पेशासँग जोडिएका काममा समेत धेरै जोखिम हुुन्छ’, उनले भने।

इण्डोर वा आउटडोर

डा एरिनका अनुुसार खुुला वातावरणमा संक्रमणको धेरै कम मामला देखिएको छ। खुुला वातावरणमा संक्रमणको धेरै कम मामला देखिएको उनको दाबी छ।

हावा र जग्गा भाइरल लोडलाई घटाइदिन्छ। साथै धूूप, गर्मी र आर्द्रता पनि भाइरसलाई धेरैबेर जिउँदो रहन दिँदैन। सामाजिक दूूरी र आपसी भेटघाटले पनि जोखिम कम हुुुन्छ।

मानिसहरुबीच कुुराकानी गर्ने, गीत गाउने, चिच्याउनेजस्ता इभेन्ट्समा पनि उच्च जोखिम हुुन्छ। साथै इण्डोर जग्गामा सामाजिक दूूरीको उपाय पनि समयका साथ कमजोर पर्छ। तर सपिङ कम जोखिम हुुुन्छ। विशेषगरी जब तपाईँ एकल वातावरणमा तुुलानात्मक रुपमा कम खर्च गर्नुुहुुन्छ। सीमित हावा र पुुर्नचक्रित हावा विशेषरुपमा समस्याग्रस्त हुुनसक्छ।

जोखिमको आँकलन

डा. ब्रोमेज भन्छन्, ‘कोरोनाबाट मुुक्ति पाउन आफ्नो गतिविधिमा गम्भीरतापूूर्वक आंकलन गर्न आवश्यक छ।’

बन्द स्थानमा हावाको आवतजावतमा विचार गर्नुहोस्। उनी भन्छन्, ‘यदि तपाइँ एक राम्रो हावादार ठाउँमा कम मानिसका साथ बस्नुुहुुुन्छ भने जोखिम कम हुुन्छ। यदि तपाइँ ओपन फ्लोर प्लान अफिसमा बस्नुुभएको छ भने जोखिमपनि बढ्ने भएकोले सचेत हुुनुुपर्छ।’

सपिङ मलमा यदि तपाइँ भीडयुुक्त स्टोरमा र राम्रो हावादार स्थानमा कम समय बिताउनुुहुुन्छ भने तपाइँ संक्रमित हुुने असर कम छ। खुुला स्थानमा संक्रमणको जोखिम कम हुुन्छ किनकि संक्रामक थोपा चाँडै नै समाप्त हुुन्छ। – बीबीसीबाट भावानुवादित