काठमाण्डौ । कोरोनाभाइरसको भारतीय भेरियन्टले अहिले विश्वलाई आतंकित पारेको छ।
कोरोनाको ‘बी.१.६१७’ भारतीय भेरियन्ट अहिले विश्वका ४४ देशमा पुगिसकेको छ। यो भेरियन्ट पहिलोपटक गत अक्टोबरमा भारतको महाराष्ट्रमा देखिएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि कोरोनाको भारतीय भेरियन्ट निकै खतरनाक रहेको जनाएको छ। किनकि भारतमा कोरोनाको दोस्रो लहर तीव्रगतिमा फैलिनुको मुख्य कारण यही भेरियन्ट रहेको मानिएको छ।
यो भारतीय भेरियन्ट ओरिजिनल भेरियन्टको तुलनामा सजिलै फैलिइरहेको छ। डब्ल्यूचओकी वैज्ञानिक मारिया वान केरखोबले भारतीय भेरियन्टको संक्रमण क्षमता निकै रहेको बताउँछिन्।
एन्टीबडी बनाउन रोक्छ
अमेरिका र बेलायतसहित थुप्रै राष्ट्रिय स्वास्थ्य निकायले भारतीय भेरियन्टलाई लिएर चिन्ता व्यक्त गरेका छन्। यो भेरियन्टका केही म्युटेसन यस्ता छन् कि जसले ट्रान्समिसन बढाउँछ र भ्याक्सिन तथा न्याचुरल इन्फेक्सनपछि एन्टीबडी निर्माणमा अवरोध खडा गर्छ। यो भेरियन्ट भ्याक्सिनका कारण तयार भएको सुरक्षात्मक लेयरबाट पनि बच्दै सजिलै फैलिन सक्ने वैज्ञानिकहरु ठहर छ।
२.६ गुणा अधिक संक्रत्रामक छ यो भेरियन्ट
भारतीय भेरियन्ट कोरोनाको ओरिजनल भेरियन्टको तुलनामा २.६ गुणा बढी संक्रामक रहेको तथ्य सार्वजजनिक भएको छ। त्यतिमात्रै होइन यो यूके भेरियन्टभन्दा ६० प्रतिशत अधिक संक्रामक रहेको छ। यो भेरियन्टबाट कमसेकम ती सबभेरियन्ट पनि उत्पत्ति भइसकेको बताइएको छ। ती तीन सबभेरियन्ट हुन् बी.१.६२७.१, बी.१.६२७.२ र बी.१.६२७.३।
खोप लगाए पनि संक्रमित हुन सक्ने
यो भेरियन्टलाई लिएर हालै १० देशका विज्ञहरुले गरेको अनुसन्धानबाट खोप लगाइसकेका केही व्यक्ति यो भेरियन्टबाट संक्रमित भएको तथ्य सार्वजनिक भएको छ। यद्यपि यो संक्रमण निकै हल्का रहेको छ।
यो भेरियन्ट विश्वस्तरमा ‘चिन्ताजनक स्वरुप’ को श्रेणीमा
डब्ल्यूएचओले भारतीय भेरियन्टलाई विश्वस्तरमा ‘चिन्ताजनक स्वरुप’ को श्रेणीमा राखेको छ। भारतसहित अन्य देशमा भारतीय भेरियन्टको प्रसारका बारेमा डब्ल्यूएचओले अनुसन्धान सुरु गरेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19