 
                     
                                
                             
                                    काठमाण्डौ। कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ।
दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म ओमिक्रोन देखापरेको पुष्टि नभएको बताए।
अधिकारीले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिए। ‘नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ’, अधिकारीले भने, ‘तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ।’
अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको संक्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ। यस्तै विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको मन्त्रालयका अधिकारीले जानकारी दिए।
ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति द्रुततगतिमा फैलिन सक्दछ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकी छ।
- RSS
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19