काठमाण्डौ । कोरोनाबाट मृत्यु र संक्रमण हुनेमा आज नयाँ रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २२५ जनाको मृत्यु भएको छ। यो एक दिनको हालसम्मकै उच्च आँकडा हो। हिजो देशभर १३९ जनाको मृत्यु भएको थियो।

नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्डसमेत गर्दा एकैदिन २२५ जनाको मृत्यु संख्या थप भएको मन्त्रालयले जनाएको छ। 

यसैगरी पछिल्लो २४ घन्टामा २१३१६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ। यो पनि हालसम्मकै उच्च हो। 

यो अवधिमा ५ हजार २२५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।