काठमाण्डौ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप २१४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार कोरोना संक्रमण थप २१४ जनाको मृत्यु भएको हो। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १९ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यीसँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ।

यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ५६२ जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा २ हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुर ३४८ जना छन्।

यो अवधिमा थप ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना रहेका छन्।