 
                     
                                
                             
                                    काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्न अहिले विश्वभर मास्कको प्रयोग बढ्दो छ। प्रयोग बढेसँगै मास्को अभाव पनि उत्तिक गहिरिँदै गएको छ।
ब्रिटेनको राजधानी लन्डनमा हालै मास्कसम्बन्धी एउटा खबरले सबैको ध्यान केन्द्रित गरेको छ। खबर हो मास्क चोरीको।
लन्डनको एउटा अस्पतालबाट सर्जिकल मास्क चोरी भयो। चोरीमा संलग्न एक व्यक्तिलाई लन्डन अदालतले तीन महिनाको कैद फैसला सुनाएको छ।
हालसम्म कोरोनाभाइरस संक्रमणबाट बच्ने कुनै औषधि बजारमा आइसकेको छैन। यस्तो अवस्थामा मानिसले यो संक्रमणबाट बच्नका लागि मास्क र सेनिटाइजरको प्रयोग बढाएका छन्। तर बजारमा मास्क नपाएपछि ती व्यक्तिले अस्पतालबाटै सर्जिकल मास्क चोरी गरे।
जियो न्युजका अनुसार लन्डन प्रहरीले लेरुन हुसैन नामक व्यक्तिलाई अस्पतालबाट तीनवटा मास्क चोरी गरेको आरोपमा पक्राउ गरेको हो। हुसैनलाई लन्डनस्थित किङ्स अस्पतालबाट मास्क चोरेको आरोपमा त्यहाँका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए।
प्रहरीले पक्राउ गरी मंगलबार हुसैनलाई स्थानीय क्रोइडन मजिस्ट्रेट अदालतमा उपस्थित गराएको थियो। अस्पतालले हुसैनलाई दोषी ठहर गर्दै तीन महिनाको कैद फैसला सुनाएको हो। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19