काठमाण्डौ । कोरोनाभाइरसको महामारीबाट बुधबार बिहानसम्म विश्वभर १ लाख २६ हजार ५३९ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि १९ लाख ९७ हजारभन्दा बढी पुगिसकेको छ।
कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ। अमेरिकामा संक्रमितको संख्या ६ लाख ८ हजार ३७७ पुगेको छ भने मृतकको संख्या २५ हजार ९८१ पुगेको छ।
युरोपेली मुलुक स्पेनमा बुधबार बिहानसम्म १८ हजार २५५ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या भने १ लाख ७४ हजार ६० जना पुगेको छ।
उता इटालीमा पनि संक्रमितको संख्या १ लाख ६२ हजार ४८८ पुग्दा ज्यान गुमाउने २१ हजार ६७ पुगेका छन्। फ्रान्समा १५ हजार ७४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ हालसम्म १ लाख ३१ हजार ३६१ संक्रमित भएका छन्।
युरोपेली मुलुक जर्मनीमा हालसम्म १ लाख ३२ हजार २१० जना संक्रमित भएका छन्। तीमध्ये ३ हजार ४९५ जनाको ज्यान गएको छ।
ब्रिटेनमा पनि कोरोनाले भयावह छ। त्यहाँ १२ हजार १२९ जनाको ज्यान गइसकेको छ भने ९४ हजार ८४५ जना संक्रमित भइसकेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19