काठमाण्डौ। अमेरिकाले पछिल्ला केही वर्षदेखि निकै समस्या भोगिरहेको छ। यो वर्ष विश्व महामारी कोरोनाभाइरसको विपद्बाट अमेरिका निकै प्रभावित भइरहेको छ।

अब फेरिक अमेरिकालाई अर्को संकट चुनौती दिइरहेको छ। यही जुनदेखि नोभेम्बरको बीचमा अमेरिकाले फेरि प्राकृतिक कहरको सामना गर्नुपर्ने हुन सक्छ।

यदि अमेरिकी सरकारले सही कदम नउठाउने हो वा सही फैसला नलिने हो भने यो प्राकृतिक विपत्तिले भयावह रुप लिन सक्छ। यसको असर विश्वभर पर्न सक्छ।

आउनु जनौँ अमेरिकाले सामना गर्नुपर्ने तीन ठूला विपत्तिका बारेमा –

अमेरिकाले हालै १२ सय वर्षयताकै भयावह खडेरी (पानीको अभाव) भोग्नुपर्यो। यो खडेरी १८ वर्षसम्म चल्यो अर्थात् सन् २००० देखि २०१८ सम्म। 

यो खडेरीबाट सबैभन्दा बढी दक्षिणपश्चिम र उत्तरी अमेरिका इलाका प्रभावित भए। यो संकटको पछाडि जंगल फडानी, प्रदूषणलगायत मानव सिर्जित गतिविधि नै प्रमुख हुन्। 

अमेरिकाको यो खडेरी समस्याको अध्ययन कोलम्बिया युनिभर्सिटीको हाइड्रोक्लाइमेटोलोजिस्ट पार्क विलियम्स र उनको टोलीले गरेको थियो। यो टोलीले अमेरिकाका १५८९ स्थानमा भइरहेको हजारौँ रुख कटान, भूक्षय, घट्लो जलस्तर र वातावरण प्रदूषणका विषयमा अध्ययन गरेको थियो। यो टोलीले दक्षिणपश्चिम अमेरिकी राज्य र उत्तरपश्चिमी मेक्सिकाका १५८६ स्थानमा स्थलगत अध्ययनपछि साइन्स जर्नलमा आफ्नो रिपोर्ट प्रकाशित गरेको छ।

पार्कका अनुसार यसअघि सन् ८०० मा अमेरिका र मेक्सिका यी इलाकामा यति लामो खडेरी व्यहोरेको थियो। ‘सन् ८०० देखि १६०० का बीच खडेरी त पर्यो तर यति धेरै भयावह थिएन’, पार्कले भने, ‘सन् १५७५ देखि १५९३ का बीच एउटा ठूलो खडेरी निम्यो तर योपटक अवस्था निकै भयावह छ।’

यो खडेरी समस्याबाट अहिलेसम्म अमेरिका मुक्त हुन सकेको छैन। यसका कारण क्लोफोनिर्याजस्ता प्रान्तमा पानीको अभाव भएको छ। आगलागीका घटनाहरु पनि भइरहेका छन्। 

यसबीच फेरि कोरोनाभाइरसको महामारीले अमेरिकाको हालत नाजुक बनेको छ।

यो भाइरसको संक्रमणबाट अमेरिकामा हालसम्म ७ लाख ८९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ४५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। 

यी सबै प्राकृतिक विपत्ति भयवाह हुनुको पछाडि एउटा कारण रहेको छ, त्यो हो समयमै नियन्त्रणका लागि अमेरिकी सरकारबाट पहल नहुनु। जब अमेरिकामा लकडाउन गर्नुपर्ने थियो वा भनौँ टेस्ट बढाउनुपर्ने थियो, त्यतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाइड्रोक्सिक्लोरोक्विनमा निर्भरता बढाउन थाले। जब यो औषधिले कोरोना संक्रमित ठिक हुने सम्भावना नभएको विश्वका डाक्टर तथा वैज्ञानिकहरुले बारम्बार भनिरहेका थिए। 

चीन र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग रिसाएका ट्रम्पले यी दुवैको मिलिभगतका कारण यस्तो भयावह अवस्था सिर्जना भएको बताउँदै आएका छन्। उनले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको फन्डिङ पनि रोकिदिए। अन्य देशबाट आउने यात्रुमा पनि प्रतिबन्ध लगाइदिए। अहिले यिनै कारणले अमेरिका विश्वभर आलोचित भइरहेको छ।

अब अमेरिकामा योभन्दा भयावह स्थिति सिर्जना हुन सक्छ यदि आउँदो जुनसम्म कोरोनाभाइरसको कुनै रोकथाम नभएमा। किनकि जुनदेखि अमेरिकामा नयाँ समस्या मडराउनेछ। यो समस्या हो तुफान, हरिकेन र साइक्लोन। जसको भविष्यवाणी यूएस नेसनल ओसिएनोग्राफिक एन्ड एटमोस्फियरिक एडमिनिस्ट्रेसन (यूएसएनओएए) र युनिभर्सिटी अफ एरिजोनको हाइड्रोलोजिक एन्ड एटमोस्फियरिक साइन्सेजले गरेका छन्। 

यी दुवै संस्थाले यसपटक अमेरिकामा भारीमात्रामा तुफान, हरिकेन र साइक्लोन आउने आशंका गरेका छन्। 

यस्तै भविष्यवाणी अटलान्टाको एउटा निजी मौसम कम्पनी द वेदर च्यानलले पनि गरेको छ।  यो संस्थाका अनुसार यो वर्ष जुन १ देखि नोभेम्बर ३० का बीच १८ वटा तुफान आउने छन्। जसमा ९ वटा हरिकेन हुनेछन्। 

उता यूएसएनओएएका अनुसार यो वर्ष अमेरिकामा ६ महिनाका बीच १२ वटा तुफान आउनेछन् र तीमध्ये ६वटा हरिकेन हुनेछन्। 

वेदर च्यानलका अनुसार ४ हरिकेन भयानक हुनेछन्। यी क्याटेगरी ३ भन्दा माथिका हुन सक्छन्। मतलब कि जब यो हरिकेन आउन तब हावाको गति १७८ किलोमिटर प्रतिघन्टा वा त्योभन्दा धेरै माथि हुन सक्छ। 

कोलोराडो स्टेट युनिभर्सिटीले यो भयानक तुनाफा र हरिकेन आउने आशंका जनाएको छ। सबैले यो सिजन यति भयवाह हुनुको पछाडि हाई–सी सरफेस टेम्प्रेचर मुख्य कारण रहेको बताएका छन्। अटलान्टिक महासागरमा पानी तातेर हावासँग मिलेर तुफानमा परिणत हुनेछ। 

वैज्ञानिकहरुले पछिल्लो ३० वर्षको अध्ययनबाट यस्तो नतिजा निकालेका हुन्। एरियोना युनिभर्सिटीका शोधकर्ताका अनुसार सन् १९९३ पछि पहिलोपटक अटलान्टिक महासागर निकै तातेको छ। जुन महिनाको सुरुआतदेखि नै यसले भयावह रुप लिन सक्छ। जति यो महासागर तात्छ त्यति नै अमेरिकामाथि संकटको खतरा बढ्दै जाने विज्ञहरु बताउँछन्।

एरिजोन युनिभर्सिटीका शोधकर्ताहरु काइल डेविस र जुबिन जेङले यो वर्ष अटलान्टिक महासागर तात्दा १० हरिकेन आउनेछन्। जसमा ५ वटा निकै गम्भीर स्तरका हुनेछन्। त्यस्तै १९ वटा समुद्री तुफान आउनेछन्। 

यसैगरी यसपटक १६३ पटक अत्याधिक वर्षा र आँधीको सम्भावना रहेको काइलले बताएका छन्। – एजेन्सी