काठमाण्डौ । कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ज्यान गुमाउनको संख्या २ लाख नाघेको छ।

जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म मृतकको संख्या २ लाख २ हजार ५०० को हाराहारीमा पुगेको हो। विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख नजिक पुगेको छ। तीमध्ये अहिलेसम्म ८ लाख ११ हजार बढी संक्रमित निको भइसकेका छन्।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा हालसम्म ५३ हजार ५०० बढीले ज्यान गुमाएका छन्। संक्रमितको संख्या ९ लाख ३६ हजार नाघेको छ।

यसैगरी इटालीमा अहिलेसम्म १ लाख ९५ हजारभन्दा धेरै संक्रमित भएकोमा २६ हजार ४० भन्दा बढीको ज्यान गइसकेको छ। यस्तै स्पेनमा हालसम्म २ लाख २३ हजार जनाभन्दा बढीमा संक्रमण देखिएकोमा २२ हजार ९०० बढीको ज्यान गइसकेको छ।

उता फ्रान्समा पनि हालसम्म २२ हजार ६०० र बेलायतमा २० हजार ३०० भन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। 

गत वर्ष डिसेम्बर अन्त्यतिर चीनको वुहान सहरमा देखिएको यो भाइरस अहिले विश्वका २१० मुलुकमा फैलिसकेको छ। – एजेन्सी