काठमाण्डौ । दक्षिण एसियाली पर्यटकीय मुलुक माल्दिभ्समा कोरोनाभाइरस संक्रमणबाट एक वृद्धाको ज्यान गएको छ। कोरोनाबाट माल्दिभ्समा ज्यान गएको यो पहिलो घटना हो।

माल्दिभ्सका् स्वास्थ्य विभागका अधिकारीहरुका अनुसार यो भाइरसबाट ८३ वर्षीया एक वृद्धाको बुधबार मृत्यु भएको हो। कोरोना संक्रमित ती वृद्धाका राजधानी मालेस्थित एउटा अस्पतालमा उपचार भइरहेको थियो।  

माल्दिभ्समा कोरोनाबाट हालसम्म २८० जनामात्र संक्रमित छन्। तीमध्ये केही निको भएर घर फर्किसकेका छन् भने केहीको अस्पतालहरुमा उपचार भइरहेको छ।