काठमाण्डौ । सम्पूर्ण विश्वका वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउन लागिपरेका छन्।

यस्तोमा अमेरिकाको टेक्सस युुनिभर्सिटीका वैज्ञानिकहरुले लामा (ऊँटको एक प्रजाति) मा यस्तो क्षमताको विकास गरेका छन् कि जुुन कोरोनाभाइरसलाई रोक्न सहयोगीसिद्ध हुुने बताइएको छ। टेक्सस युुनिभर्सिटीले एउटा बयान जारी गरेर यसको जानकारी दिएको छ। 

वैज्ञानिकहरुले एउटा चार वर्षको लामामा यो भाइरससँग लड्ने क्षमता पाइएको छ। वैज्ञानिकहरुले यो लामाको नाम विन्टर राखेका छन्। 

टेक्सस युुनिभर्सिटीको एउटा समूह, नेशनल इन्स्टिच्युुट अफ हेल्थ र बेल्जियमको हेन्ठ युुनिभर्सिटी धेरै दिनदेखि यस्तो एन्टीबडिको खोज गरिरहेका थिए, जसले वर्षौंअघि देखिएको सार्स र मर्सजस्ता भाइरसको सामना गरेका थिए। यसका लागि बेल्जियमको ग्रामीण क्षेत्रमा पाइने लामा र भेडाहरुमाथि अनुुसन्धान गरिरहेका छन्। 

वैज्ञानिकहरुका अनुुसार विन्टर नाम गरेको यो लामाको रगतबाट एन्टीबडी बनाउन सकिन्छ। जसले मानव कोशिकाहरुलाई कोरोनाभाइरसबाट बचाउन मद्दत गर्नेछ। बिरामी हुुँदा यी लामाहरुले दुुइटा अलगअलग प्रकारका एन्टीबडी उत्पादन गर्ने गर्दछन्। यी दुुई एन्टीबडीमध्ये एउटा एन्टीबडी ठिक त्यस्तै हुुने गर्दछ जस्तो कि मानिसको प्रतिरोधात्मकबाट बन्ने एन्टीबडी। अर्काे एन्टीबडी भने सानो हुुने गर्दछ। 

वैज्ञानिकहरुको टिमले एउटा नयाँ एन्टीबडी बनाउनमा सफलता प्राप्त गरेका छन् जसले कोरोनाभाइरसको प्रभावलाई हटाउने काम गर्न सक्ने देखिएको छ। 

एकेडेमीक जर्नलमा प्रकाशित एक अध्ययनमा यस्तो दाबी गरिएको छ। तथापि यो अध्ययनको अहिले सावधानीपूर्वक समीक्षा हुुँदैछ। 

वैज्ञानिकहरुको टिमले अन्य स्तनधारी जनावरहरुमा पनि यो परीक्षण गरिरहेका छन्। वैज्ञानिकहरुको टिमले सन् २०२० को अन्त्यसम्म मानिसमा यसको परीक्षण गरिसक्ने आशा लिएका छन्। 

अध्ययनका वरिष्ठ लेखक र मोलिकुुलर बायो साइन्सका एसोसियट प्रोफेसर जेसन मेकलेलनले भने, “यो पहिलो यस्तो एन्टीबडी हो जसले सार्स कोभ २ लाई प्रभावहीन बनाउनेछ। कोरोनाबाट बचाउन सम्भावित भ्याक्सिनको साटो एन्टीबडी थेरापीले मानिसहरुको जीवनरक्षा गर्नेछ।” 

मेकलेलनले भने, “संक्रमणको सुुरक्षाका लागि भ्याक्सिनलाई एक÷दुुई महिना अगाडि बगाउनुुपर्छ तर एन्टीबडी थेरापीले तुुरुन्तै सुुरक्षा प्रदान गर्ने काम गर्दछ। यसबाट व्यक्ति उपचारपछि पनि सुुरक्षित रहने गर्दछ। एन्टीबडी पहिलेबाटै बिरामी भएका कुुनै पनि व्यक्तिलाई दिन सकिन्छ।” – एजेन्सी