काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ।

यो समाचार तयार पर्दासम्म वल्र्डमिटर्स डट इन्फोबाट प्राप्त तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ५७२ पुगेको छ। अमेरिकामा हालसम्म संक्रमितको संख्या भने १७ लाख २५ हजार २७५ पुगेको छ। अमेरिकामा निको भएर घर फर्किनेको संख्या ४ लाख ७९ हजार ९६९ पुगेको छ। 

यसैगरी ब्राजिलमा संक्रमितको संख्या ३ लाख ९४ हजार ५०७ पुगेको छ। तीमध्ये २४ हजार ५९३ जनाको ज्यान गइसकेको छ भने १ लाख ५८ हजार ५९३ जना निको भएका छन्। 

रुसमा पनि संक्रमितको संख्या ३ लाख ६२ हजार ३४२ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या ३ हजार ८०७ मात्र रहेको छ भने निको भएर घर फर्किनेको संख्या १ लाख ३१ हजार १२९ रहेको छ। 

हालसम्म विश्वभर कोरोनाबाट ५६ लाख ८४ हजार ८०३ संक्रमित भएका छन्। तीमध्ये ३ लाख ५२ हजार २२५ जनाको ज्यान गइसकेको छ भने २४ लाख ३० हजार ६०३ ले स्वास्थ्य लाभ गरेका छन्। – एजेन्सी