काठमाण्डौ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुको अनुमान छ कि कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउने केवल ०.५–१ प्रतिशतको बीचमा हुनेछ। कोरोना संक्रमणका मामिलामा यो मृत्युदर कम हो।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर यो भाइरसका कारण मर्नेको दर ४ प्रतिशत रहेको छ। मार्च २३ सम्म ब्रिटेनमा यो दर ५ प्रतिशतसम्म थियो किनकि त्यहाँ संक्रमणको सबै मामिला पुष्टि भइसकेको छैन।
कोरोनाभाइरस संक्रमण पहिचान गर्न कसको टेस्ट गर्ने वा कसको नगर्ने भन्ने विषयमा सबै देशमा आआफ्नो मापदण्ड छ। जसका कारण ती देशमा मृत्युदर पनि फरकफरक हुन सक्छ। साथै मृत्युदर मानिसको उमेर, स्वास्थय र स्वास्थ्य सेवासम्म मानिसको पहिचानमा पनि निर्भर रहन्छ।
कोरोनाबाट ज्यानको खतरा कति ?
जानकारका अनुसार कोरोनाको संक्रमण ती मानिसका लागि खतरा हुन सक्छ जसको वृद्धवृद्धा र पहिलेदेखि कुनै न कुनै स्वास्थ्य समस्याबाट ग्रसित छन्।
लन्डन इन्पिरियल कलेजको ताजा आँकलनअनुसार ८० वर्षभन्दा माथिका मानिसका लागि औसत मृत्युदर लगभग १० गुना अधिक छ जब कि ४० भन्दा कम उमेरका मानिसमा यो दर कम छ।
बेलायत सरकारको मुख्य चिकित्सक सल्लाहकार प्रोफेसर क्रिस ह्विट्टीका अनुसार भलै यो दर वृद्धवृद्धामा बढी देखिनुमा यो भाइरसले पहिले नै उनीहरुमा देखिने सामान्य र मध्यम खालका अन्य रोगबाट बढी प्रभावित गर्छ। ‘तर हामीले यो मान्नुहुन्न कि यसको संक्रमणले युवा कम जोखिममा छन्’, उनले भने, ‘यो भाइरसको संक्रमणका कारण युवाहरु पनि आईसीयूमा पुगेका छन्।’
प्रोफेसर क्रिसले यो भाइरसलाई अहिले नै उमेरको हिसाबले तुलना गर्नु उचित हुने छैन।
पहिलोपटक चीनमा कोरोना भाइरसको संक्रमणका ४४ हजार मामिलाको विश्लेषण गरिएको थियो । जसले मधुमेस, उच्च रक्तचाप, दम वा श्वासप्रश्वासका बिरामीमा यो भाइरसको मृत्युदर उच्च देखिएको थियो। तर अहिले यो भाइरसबाट ज्यान गुमाउनेहरुका बारेमा फरकफरक तथ्यहरु बाहिर आइरहेका छन्। जसका कारण मानिस यो भाइरसको उच्च जोखिममा रहेको प्रस्ट भन्न सकिन्छ। तर यो भाइरस कस्ता खोले मानिसमा कस्ता खाले जोखिम हुन्छ भन्ने यकिन भने भन्न सकिन्न।
यो भाइरसको अधिकांश मामिलामा मानिसमा सामान्य लक्षण देखिने गरेको छ । यस कारण चिकित्सकको सम्पर्कमा बिरामी पुदैनन्। जसका कारण संक्रमणको अधिकांशमा मामिला बाहिर आउँदैनन्।
बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार पेट्रिक वलेन्सको अनुमान छ कि बेलायतमा कोरोना संक्रमण करिब ५५ हजार मामिला हुन सक्छ। जब कि अहिलेसम्म त्यहाँ केवल २ हजार मामिलामात्र पुष्टि भएको छ। यो तथ्यलाई हेर्ने हो भने मृत्युदर निकै भयावह रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ६०० भन्दा माथि मामिला आइसकेको र त्यहाँ ३३५ जनाको मृत्यु भइसकेको जनाएको छ।
त्यसैले कोरोना पुष्टि भएका मामिलामा मृत्युदरलाई सही अर्थमा मृत्युदर हुँदैन किनकि यो मुख्य कारण अधिकांश मामिला दर्ता नै हुँदैनन्।
यो पनि गलत हुन सक्छ कि जो अहिले कोरोनाबाट संक्रमित छन् र जसको ज्यान खतरामा छ उनीहरुलाई ध्यानमा राखेर मृत्युदर आँकलन कम हुन सक्छ।
अलग–अलग देशमा मृत्युदर किन फरकफरक
इन्पिरियल कलेजद्वारा गरिएको एक शोधका अनुसार संक्रमणका मामिला सामान्य लक्षणको पहिचानमा अलगअलग देशको फरकफरक शैली पनि हुन सक्छ।
भाइरसको टेस्ट अलगअलग देशमा फरकफरक तरिकाको प्रयोग हुने गरेको छ। टेस्ट गर्ने क्षमता पनि देशअनुसारको मापदण्डअनुरुप अलगअलग नै छ।
सुरुआती दिमा बेलायत सरकारले प्रतिदिन १० हजार टेस्ट गरेको थियो। अब आउने दिनहरुमा बेलायत सरकारले दैनिक २५ हजार टेस्ट गर्ने योजना बनाइरहेको छ। अहिले बेलायतका अस्पतालहरुमै कोरोनाको टेस्ट भइरहेको छ।
त्यस्तै जर्मनीमा प्रत्येक दिन करिब २० हजार मानिसको टेस्ट गर्ने क्षमता छ। त्यहाँ जो मानिसमा सामान्य लक्षण देखिन्छ उनीहरुको टेस्ट भइरहेको छ।
जर्मनीमा कोरोनाको मृत्युदर करिब ०.५ प्रतिशत छ। यो युरोपमै सबैभन्दा कम हो। तर जतिजति संक्रमणका नयाँ गम्भीर मामिला अगाडि आउँदैछ आँकडा पनि फेरबदल भइरहेको छ।
मृुत्युदरको सही आँकलन कसरी हुन्छ ?
वैज्ञानिकले अहिलेको पस्थितिमा देखिएका सम्पूर्ण विषयवस्तुहरुलाई एक साथ राखेर अनुसन्धान गरिरहेका छन् र वास्तविक मृत्युदरको एउटा खाका तयार गर्ने कोसिस गरिरहेका छन्।
उदाहरणका लागि सामान्य लक्षणका मामिलाको अनुपातको आँकलन गर्न साना समूहमा ध्यान दिइएको छ। त्यसका लागि सम्बन्धित सबै तथ्य जुटाइन्छ। जस्तै एउटा विमानमा सवार सबै यात्रुको समूह।
तर यस किसिमको आँकलनमा साना प्रमाणले पूरै खाका बदल्न सक्छ। र यो पनि हुन सक्छ प्रमाण समयअनुसार बदल्न पनि सक्छ।
युनिभर्सिटी अफ इस्ट एन्ज्लियामा मेडिसिनका प्रोफेसर पल हनटरका अनुसार मृत्युदर तल झर्न पनि सक्छ वा माथि जान पनि सक्छ। उनी भन्छन्, ‘इबोलाको संक्रमणका बेला मासिन यो बिरामीसँग लड्न सिके र जसका कारण मृत्युदर तल झर्यो। यदि स्वास्थ्य सेवा प्रणाली नै खतम भयो भने मृत्युदरमा उछाल आउन सक्छ।’
त्यसैले वैज्ञानिकहरुले मृत्युदरलाई लिएर तल र माथिका दर भनिरहेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago