काठमाण्डौ । छिमेकी मुलुक भारत कोरोना महामारीबाट अतिप्रभावित देशहरुको सूचीमा सातौँ स्थानमा उक्लिएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार भारतमा कोरोना संक्रमण मामिला २ लाख नजिक पुगेको छ। सोमबार बिहानसम्म मभारतमा १ लाख ९० हजार ६०९ जना संक्रमित भइसकेका छन्। तीमध्ये ५ हजार ४०८ जनाको ज्यान गइसकेको छ। 

भारतले अतिप्रभावित फ्रान्सलाई उछिन्दै सातौँ स्थानमा उक्लिएको हो। फ्रान्समा सोमबार बिहानसम्म १ लाख ८८ हजार ८८२ जना संक्रमित भएकोमा २८ हजार ८०२ जनाको ज्यान गइसकेको छ। फ्रान्स अतिप्रभावित देशको सूचीमा आठौँ स्थानमा छ। 

कोरोनाबाट अमेरिका र ब्राजित अतिप्रभावित छन्। अग्रस्थानमा स्थानमा रहेको अमेरिका हालसम्म कोरोनाबाट १८ लाख ३७ हजार १७० जना संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ६ हजार १९५ जनाको ज्यान गइसकेको छ। 

यसैगरी दोस्रो स्थानमा रहेको ब्राजिलमा ५ लाख १४ हजार ९९२ जना संक्रमित भएकोमा २९ हजार ३४१ जनाको मृत्यु भइसकेको छ। 

सोमबार बिहानसम्म विश्वभर कोरोनाबाट ६२ लाख ६३ हजार ९०५ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ लाख ७३ हजार ८९९ जनाको ज्यान गइसकेको छ भने २८ लाख ४६ हजार ७१३ जना निको भएर घर फर्किसकेका छन्। – एजेन्सी