काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । 

गत जेठ २० गते पाल्पास्थित मिसन अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । मृत्युपछि ती पुरुषको स्वाब संकलन गरिएकोमा त्यसको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ती पुरुष ५ दिनअघि मात्र भारतबाट नेपाल आएका थिए । उनी पाल्पाको पूर्वखोला गाउँपालिका सिलुवाका स्थायीबासी हुन् । भारतबाट फर्किएपछि उनी स्थानीय क्वारेन्टिनमा बसेका थिए । 

क्वारेन्टिनमा रहेको अवस्थामै श्वासप्रश्वासमा समस्या आई अस्पताल भर्ना गरिएकोमा उपचारको क्रममा उनको निधन भएको थियो ।