काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा बितेको २४ घन्टामा १२ हजार बढी नयाँ संक्रमित फेला परेको छ। एकैदिनमा यति धेरै संक्रमित फेला परेको भारतमा यो पहिलोपटक हो। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घन्टामा भारतमा ११ हजार ९२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा ३११ जनाको कोरोनाबाट मृत्यु भएको छ। 

यीसँगै भारतमा हालसम्म कुल संक्रमितको संख्या ३ लाख २० हजार ९२२ पुगेको छ। तीमध्ये १ लाख ६२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् भने ९ हजार १९५ जनाको ज्यान गइसकेको छ। – एजेन्सी