काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट हरेक १५ सेकेन्डमा एकजनाको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ।

पछिल्लो दुई साताको आँकडालाई हेर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो। पछिल्लो दुई सातायात हरेक दिन करिब ५ हजार ९०० जनाको ज्यान गइरहेको छ। अर्थात प्रत्येक घन्टा २४७ जनाको मृत्यु भइरहेको छ। यो हिसाबले हरेक १५ सेकेन्डमा १ जनाले यो भाइरसका कारण ज्यान गुमाइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

हालसम्म विश्वभर यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ लाख बढी भइसकेको छ। जसमा अमेरिका, ब्राजि, भारत र मेक्सिकोमा ज्यान गमाउनेको संख्या अधिक रहेको छ। – एजेन्सी