काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व र जात्राको मौसम सुरु भएको भन्दै कोरोना जोखिमका बीच मनाउँदा पालना गर्नुपर्ने मापदण्डहरु सार्वजनिक गरेको छ।
मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरेको हो ।
व्यक्तिगत तहमा लागू हुने गरी अत्यावश्यक र अनिवार्य तथा आधारभूत मापदण्डहरु तयार गरी लागू गरिएको जनाइएको छ ।
अत्यावश्यक र अनिवार्य मापदण्डहरुमा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नैपर्ने भएमा कम्तीमा २ मिटरको दूरी अनिवार्य रुपमा कायम गर्ने, चाडपर्वको समयमा सकेसम्म घरबाहिरको भेटघाटमा नजाने, यदि जानैपर्ने भएमा सहभागी हुँदा मास्कको प्रयोग अनिवार्य रुपले गर्ने, चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने लगायतका छन् ।
व्यक्तिगत तहमा लागू हुने आधारभूत मापदण्डमा धार्मिकस्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने, अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट नमस्कार वा अभिभादन गर्ने, अँगालो मार्ने वा शरीर छुने कुनैपनि किसिमको अभिवादन नगर्ने, सतहरु(रेलिङ, बार आदि), देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउनसक्ने सामाग्रीहरु नछुने, अनुहारको टी क्षेत्र आँखा, नाक र मुख सकेसम्म नछुने, यदि छुनै परेमा हात धोई वा स्यानिटाइजर प्रयोग गरेर मात्र छुने लगायतका रहेका छन् ।
जारी मापदण्ड यसप्रकार रहेको छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago