काठमाण्डौ। कोरोनभाइरसको भाइरसको पहिलो केस चीनको वुहान सहरमा गत वर्ष डिसेम्बरमा देखियो। केही हप्तामै यो भाइरस विश्वभर लगभग सबै देशमा देखियो। यो भाइरसबाट लाखौँ मानिस संक्रमित छन् भने हजारौँले ज्यान गुमाइसकेका छन्।
हालसम्म विश्वमा ७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ३३ हजार बढीको ज्यान गइसकेको छ। तीमध्ये १ लाख बढी मानिस निको भएर घर फर्किएका पनि छन्।
हाल विश्वमा संक्रमितको संख्या अमेरिकामा बढी देखिएको छ। ज्यान गुमाउनेहरुमा भने इटालीमा बढी छन्।
इटालीमा यो संक्रमण देखिएयता हालसम्म १० हजारभन्दा बढीको ज्यान गइसकेको छ। जब कि यो संक्रमण रोकथामका लागि इटालीले कठोर कदम नउठाएको भने होइन। यद्यपि हरेक दिन यहाँ औसतमा ६–७ सय मानिसको ज्यान गइरहेको छ।
त्यसो त इटालीमा दुईजना सँगै बस्न पनि प्रतिबन्ध लगाइएको छ। त्यहाँ प्रतिबन्ध लगाइएको ६ हप्ता भइसकेको छ। यस्तो अवस्थामा इटालीमा ज्यान गुमाउनेको संख्या कहालीलाग्दो किन ?
विशेषज्ञहरु यसका थुप्रै कारण रहेको बताउँछन्। जसमा एउटा प्रमुख कारण भनेको त्यहाँको जनसंख्याको ठूलो हिस्सा बढी उमेरका मानिसको रहेको छ। जापानपछि विश्वमा पाका उमेरका मानिस धेरै भएको मुलुकमा इटाली पर्छ।
कोरोना भाइरसले एउटा स्पष्ट नतिजा आएको भनेको यसबाट पाका उमेरका मानिस बढी प्रभावित छन्।
अर्को महत्वपूर्ण कारणका रुपमा कोरोना परीक्षणमा अपनाइने तौरतरिका पनि रहेको छ। जसका कारण अहिले कोरोनाबाट कति संक्रमित भएका छन् भन्ने यकिन हुन सकिरहेको छैन।
इटालीको मिलान सहरस्थित अस्पतालमा कार्यरत डा मासिमो गैल्लीका अनुसार इटालीमा अहिलेसम्म जति पनि संक्रमित पुष्टि भएका छन् त्यसले पूरै संक्रमितको संख्या दर्शाउँदैन। उनले संक्रमितको संख्या अझै बढी हुन सक्छ।
अहिले इटालीमा कोरोनाको संक्रमण अत्याधिक देखिएका मानिसहरुको मात्र परीक्षण भइरहेको डा गैल्ली बताउँछन्। ‘बाँकी संक्रमितको जाँच हुन सकिरहेको छैन’, उनले भने, ‘यिनै त्रुटिका कारण पनि ज्यान गुमाउनेको संख्या बढिरहेको छ।’
इटालीको लोम्बार्डी प्रान्त कोरोनाबाट अतिप्रभावित इलाका हो। त्यहाँ हरेक दिन ५ हजारभन्दा बढीको स्वाब टेस्ट हुन्छ। गैल्ली भन्छन्, ‘अहिले यो पनि पर्याप्त छैन। योभन्दा धेरै मानिस अहिले पनि घरमा स्वास्थ्य जाँचको प्रतिक्षामा बसेका छन्।’
डा गैल्ली अर्को महत्वपूर्ण कारण कोरोना रोकथामका खटिएका स्वास्थ्यकर्मी आफैँ असुरक्षित रहेको बताउँछन्। ‘यहाँका स्वास्थ्यकर्मीलाई बिरामीलाई जाँच गर्दा चाहिने आवश्यक सुरक्षा आवरण र उपकरण नै पर्याप्त छैन’, उनले भने, ‘अहिले औषधिको अभाव हुन थालेको छ।’
इटालीको सरकारी हेल्थ इन्स्टिच्युटका अनुसार इलाटीमा अहिलेसम्म जति पनि मानिसको ज्यान गएको छ, यदि तिनको औसत उमेर निकाल्ने हो भने ७८ वर्षको हुन आउँछ। इलाटीका सार्वजजनिक स्वास्थ्य प्रणालीले मौजुदा चिकित्सा सेवाका साथ थुप्रै पाका मानिसको ज्यान बचाउन सफल भएको पनि छ।
एकातिर जहाँ मृत्युदर लगातार बढिरहेको त्यही केही यस्ता मामिला पनि अगाडि आएका छन् जसले केही आशा पनि जगाएको छ।
इटालीकी १०२ वर्षीया ग्रोनडोना कोरोना भाइरसको संक्रमणबाट ठिक भएर घर फर्किएकी छन्। उनी २० दिनसम्म अस्पतालमा भर्ना भएकी थिइन्।
इटालीमा कोरोना नियन्त्रणका लागि अप्रिल १५ सम्मका लागि कठोर प्रतिबन्ध पनि लगाइएको छ। इटाली सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किनेलाई झन्ड साढे २ लाख रुपैयाँ जरिवाना तिराउने आदेश दिएको छ।
इटालीको सबैभन्दा बढी प्रभावित लोम्बार्डीमा मानिसलाई घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ। त्यहाँ आफूले पालेका पाल्तु जनावरलाई पनि घरबाट २०० मिटर टाढासम्म लान नपाइने नियम बनाइएको छ। घरबाहिर यदि कोही कुनै भीडामा सहभागी हुन्छ भने उसले ५ हजार युरो तिर्नुपर्ने हुन्छ।
इटालीका सबै पर्यटकीयस्थल होटेल, फार्म हाउस बन्द गरिएका छन्।
यस्तो कठोर प्रतिबन्ध केहीले आलोचना गरेका छन्। उनीहरुले चीनको तुलनामा त्यति सख्त प्रतिबन्ध नभएको बताएका छन्।
उता युरोपियन एन्ड इटालियन सोसाइटी फर बायरोलोजीका पूर्व प्रोफेसर डा पालका अनुसार यसका अलावा अरु विकल्प छैन। उनी भन्छन्, ‘हामीले केही संवैधानिक अधिकारका आधारहरु खोजिएका छन्। तर यो नै लोकतन्त्रमा उठाउन सकिने सबैभन्दा राम्रो कदम हो।’ – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago