 
                     
                                
                             
                                    काठमाण्डौ । विश्वभर हालसम्म कोरोना संक्रमणबाट ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
एमनेस्टी इन्टरनेसनलका अनुसार कोरोना रोकथाममा अग्रपंक्तिमा खटिएका ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मेक्सिकोमा सबैभन्दा धेरै स्वास्थ्यकर्मीको मृत्यु भएको छ। त्यहाँ करिब १ हजार ३२० स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ।
यसैगरी अमेरिकामा १ हजार ७७ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् भने बेलायतमा ६४९ र ब्राजिमा ६३४ स्वास्थ्यकर्मीको मृत्यु यो संक्रमणबाट भएको छ।
एमनेस्टीका अनुसार भारत र दक्षिण अफ्रिकामा स्वास्थ्यकर्मीको ज्यान जाने क्रम बढेको छ। हालसम् मभारतमा ५७३ जना र दक्षिण अफ्रिकामा २४० जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको एमनेस्टीले जनाएको छ।
एमनेस्टीका आर्थिक तथा सामाजिक न्यायका प्रमुख स्विब कोकबर्नका अनुसार अरुलाई बचाउने क्रममा यति ठूलो संख्यामा स्वास्थ्यकर्मीको ज्यान जानु निकै गम्भीर अवस्था हो। ‘हरेक स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा खटिँदा सुरक्षा दिनुपर्ने उनको अधिकारको कुरा हो’, उनले भने। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19