काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ।
जोन्स होपकिन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार अमेरिकामा मंगलबार बिहानसम्म ३ हजार ८ जनाको ज्यान गएको पुष्टि भएको छ। जसमा न्युयोर्क सहरमा धेरै छन्। न्युयोर्कमा मात्रै ९१४ जनाले ज्यान गुमाएका छन्।
न्युयोर्क पनि न्युजर्सीमा कोरोनाबाट बढी प्रभावित छ। त्यहाँ अहिलेसम्म १९८ जनाले ज्यान गुमाइसकेका छन्।
चीनबाट सुरु भएको यो भाइरसको प्रकोपबाट अहिलेसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन्। अहिलेसम्म अमेरिकामा १ लाख ६३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। यो संख्या चीनको तुलनामा लगभग दुईगुणा हो । चीनमा हालसम्म ८२ हजार १९८ जना संक्रमित फेला परेका छन् ।
कोरोनाभाइरसको सुरुआती चरणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए– ‘यदि अमेरिका यो भाइरसबाट ज्यान गुमाउनेको संख्या कम गर्न वा रोक्न सफल भयो भने हामीले निकै राम्रो काम गरेको महसुस हुनेछ।’
तर त्यहीँ अमेरिकामा कोरोना संक्रमित बिरामीमा उपचा खटिएका विशेषज्ञ चिकित्सक डा. एन्थोनी फाउचीलाई चेतावनी दिएका छन् कि अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाखभन्दा बढी हुन सक्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19