-धर्म मलाशी
काठमाण्डौ । यतिबेला विश्व जगत कोरोनाको दुुष्प्रभावसँग जुुधिरहेको छ । कोरोनाबाट ज्यान गुुमाउनेको संख्या लगभग ५ हजारको हाराहारीमा पुुग्न लागेको छ । यसको बढ्दो प्रभावबाट बच्न विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा घोषणा गरिसकेको छ । यसको चपेटामा मुुख्य गरी चीन, इटली र इरान परेका छन् ।
नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतमा पनि कोरोनाबाट एक व्यक्तिको ज्यान गएको छ ।
यसरी सारा विश्व कोरोनाबाट ग्रसित हुँदा नेपालमा पनि यसलाई लिएर सर्तकता र सावधानी अपनाउन थालिएको छ । सरकारी र नीजी क्षेत्र दुुवै मिलेर मात्रै यसको उचित रोकथाम गर्न सकिने स्वास्थ्य सेवाका जानकारहरु बताउँछन् ।
कोरोनाबाट कर्मचारी र सेवाग्राहीलाई जोगाउन नेपाली बैंकहरुले कार्यालय प्रवेशद्वार र कर्मचारीको कार्यकक्षमा सेनीटाइजर राख्न थालेका छन् ।
कोरोनाको जाेिखम मानिसहरुको भिडभाड हुुने स्थानमा उच्च हुुने गर्दछ । मानिसहरुको भिडभाड हुुने ठाउँमा सेयर ब्रोकर हाउस पनि पर्दछन् ।
नेपालका सेयर ब्रोकर हाउसहरुमा कारोबारका दिन लगानीकर्ताको भिड धेरै नै हुने गर्दछ । त्यसैले कोरोनाको संक्रमण फैलने सम्भावित ठाउँहरुमा ब्रोकर हाउसहरु पनि पर्दछन् ।
कोरोना संक्रमणको जोखिम भएता पनि नेपालका ब्रोकर हाउसहरुले आफ्ना कर्मचारी र लगानीकर्तालाई यसबाट जोगाउन कुुनै प्रयास गरेका छैनन् ।
ब्रोकर हाउसहरुले प्रवेश द्वारमा एउटा सामान्य सेनिटाइजर समेत राख्न आवश्यक ठानेका छैनन् । ब्रोकर हाउसहरु कोरोनाभाइरसको संक्रमणबाट कत्तिको सर्तक छन् भनेर बिजशाला राजधानीका ब्रोकर हाउसहरु पुुग्दा उनीहरु यसप्रति उदासीन रहेका पाइयो ।
सबैजसो ब्रोकर हाउसले कोरोनाबाट आफ्ना कर्मचारी र लगानीकर्तालाई जोगाउन आधारभूत कदम समेत नचालेका पाइयो । कुनै-कुनै ब्रोकर हाउसको ट्वाइलेटमा त साबुुन समेत नरहेको पाइयो ।
शंकरदेव क्याम्पस अगाडि रहेको प्राइमो सेक्युुरिटीजका सिइओ मेघनाथ उपाध्यायले आफूहरुले कोरोनाभाइरसबाट बच्न छिट्टै नै कार्यालय प्रवेश गर्ने ठाउँमा सेनीटाइजर राख्न लागेको बताए । यसका साथै उनले आफ्ना सम्पूर्ण कर्मचारीलाई मास्क लगाउन र स्वस्थ बानी व्यहोरामा जोड दिन निर्देशन दिएको बताए । “अहिले हामी अभिवादन गर्दा हात मिलाउने गर्देनौ । यसको साटो नमस्कार गर्ने गरेका छौ । ” उनले भने “कर्मचारी मात्रै होइन हामी हाम्रा लगानीकर्ताको स्वास्थ्यप्रति पनि सजग छौ । त्यसैले लगानीकर्ताको लागि पनि सेनिटाइजर र सकेसम्म मास्कको प्रबन्ध गर्ने तयारी गरिरहेका छौ । ”
हात्तीसारमा रहेको श्रीहरी सेक्युुरिटीजका डाइरेक्टर गौरव खेतानले कोरोनाबाट आफ्ना कर्मचारी र लगानीकर्तालाई सचेत बनाउन सूचना पाटीमा सूचनामूलक जानकारीहरु टाँसेको बताए । प्रत्यक्ष सम्पर्कमा आउँदा संक्रमण सर्ने जोखिम उच्च हुुने हुँदा आफूहरुले कर्मचारीहरुलाई नमस्कार गरेर अभिवादन गर्न सर्कुुलर जारी गरेको उनले बताए । “हामीले प्रत्येक कर्मचारीलाई एक एक वटा गोजीमा राख्न मिल्ने सेनिटाइजर पनि उपलब्ध गराएका छौ । र, यसलाई बेला बेलामा प्रयोग गर्न पनि भनिरहेका छौ । उनले भने । उनले यसो भनिरहँदा उनको कार्यालयको भिडभाड हुुने क्षेत्र ट्रेडिङ फ्लोरमा भने सेनिटाइजर पाइएन ।
दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटीजका कर्मचारीहरुले आफूहरुले कोरोनाबाट जोगिन मास्क लगाइरहेको बताए । उनीहरुले भने “कोरोनाबाट बच्न हामीले आफ्नो तर्फबाट गर्न सकिने गरिरहेका छौ । तर अफिले सेनिटाइजर राख्ने, मास्क दिने जस्ता कुुनै पनि काम गरेको छैन ।
क्रिष्टल कञ्चनजंघाका अध्यक्ष प्रियराज रेग्मीले आफूहरु कोरोेनाप्रति गम्भीर रहेको र कार्यालयमा यसको रोकथामका लागि चाँडै नै प्रबन्ध गर्ने बताए ।
“कर्मचारीका लागि त सेनिटाइजर दिएका छौ । अब छिट्टै लगानीकर्ता र अन्य आगन्तुुकका लागि पनि सेनिटाइजर राख्छौ ।” उनले सुुनाए ।
त्यस्तै प्रिमियम सेक्युुरिटिजका म्यानेजर दलबहादुर थापाले अहिलेसम्म कोरोनाकै लागि भनेर आफूहरुले केही नगरेको तर हात धुँदा डिटोल पानी प्रयोग गरिरहेका बताए । कर्मचारी र लगानीकर्ता पनि आफ्नो स्वास्थ्य प्रति सचेत रहेका र उनीहरु मास्क लगाएर आउने गरेको उनले उल्लेख गरे ।
अनलाइन कारोबार गर्न सुझाव
कोरोना भाइरसको जोखिम बढेसँगै धेरै मानिसको भीडभाड हुने क्षेत्रमा नजान सरकारले सचेत गराइसकेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीको सुविधा लिनुपर्नेमा ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जोड दिए । 'आजै मात्र पनि हाम्रो नेप्सेसँग कुराकानी भएको छ । नेपालमा सेयर कारोबार नै बन्द गरिहाल्ने अवस्था आएको छैन । तर संक्रमणको उच्च जोखिम हुने हुँदा लगानीकर्ताहरुले हामीसँग भएको राम्रो विकल्प, अनलाइनबाट घरमै बसेर कारोबार गर्न अभ्यस्त बन्न सक्नुपर्छ ।' उनले भने-'यो विषयमा चाहि लगानीकर्तालाई सचेत गराउने कुरामा नेप्से र हामी सहमत भएका छौ ।'
उनले अनलाइनबाट कारोबारमा सबै लगानीकर्तालाई अभ्यस्त बनाउन समय लाग्ने भएकोले त्यसअघि ब्रोकर हाउसमै आएर डिस्प्ले अगाडि बस्ने लगानीकर्ताको सरसफाई र उनीहरुलाई सचेत गराउने कुरामा सदस्य ब्रोकरहरुलाई पूर्ण सजग गराइसकिएको समेत जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago