काठमाण्डौ । विश्वभर अहिलेसम्म कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १० लाख माथि पुगेको छ।
चीनबाट देखिएको यो भाइरसको कहर अहिले अमेरिका र युरोपको स्पेन र इटालीमा मडारिएको छ। विश्वका कुल संक्रमितको संख्यामध्ये १ चौथाइ अमेरिकामा र १ चौथाइ स्पेन र इटालीमा रहेका छन्।
निकै भयावह अवस्था हुँदै गर्दा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का पूर्वप्रमुख टम फ्राइडेनले यो भाइरसविरुद्ध लड्न सबै मुलुकलाई एक भएर अगाडि बढ्ने बेला आइसकेको बताएका छन्। उनले कोरोनाविरुद्धको यो आमलडाइँ नभई ‘विश्वयुद्ध–सी’ को संज्ञा दिएका छन्।
बराक ओबामा प्रशासनमा सीडीसी प्रमुख रहेका टमले अहिले हरेक देश आफ्नो काबिलियत, बल र कमीकमजोरीका साथ यो युद्धमा डटेर लगिरहेको बताए।
‘सबै स्वास्थ्य सेवा, समाज र समुदाय, सरकार तथा सार्वजनिक हितलाई ध्यानमा राखेर यो संकटमाथि नियन्त्रण गर्ने कोसिस भइरहेको छ’, उनले भने, ‘तर यसलाई आमलडाइँका रुपमा नलियौँ, यो विश्वयुद्ध–सी हो, सबै मिलेर लडौँ।’ –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19