काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो वर्ष विश्वको बाल मृत्युुदरमा बढोत्तरी आउने चेतावनी दिएको छ।
कोरोनाभाइरसको महामारीका कारण केही देशहरुले पोलियोजस्तो खतरनाक रोग र अन्य रोगविरुद्धको खोप लगाउने कार्यलाई अस्थायी रुपमा बन्द गरेकाले यसले बाल मृत्युुदर बढ्ने सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो। विश्वभर जारी लकडाउन र प्रतिबन्धका कारण २१ वटा देशहरुले बालबालिकालाई अनिवार्य रुपमा लगाइनुपर्ने विभिन्न रोगविरुद्ध भ्याक्सिनको अभाव भएको जनाएका छन्।
“यो दर्दनाक वास्तविकताले लाखौँ बालबाकिाले ज्यान गुुमाउनुुपर्ने छ”, डब्लूएचओ प्रमुख टेड्रोस अडानोमले जेनेभामा पत्रकार सम्मेलनका क्रममा भने, “केही देशहरुमा खोप स्थगित भएजस्तै मलेरियासम्बन्धी हेरचाह गर्ने सेवाहरु पनि ठप्प भएका छन्। जसका कारण अफ्रिकाको उपसहारा क्षेत्रमा मलेरियाको संख्या दोब्बर हुुन सक्छ।”
ट्रेडोसले सदस्य राष्ट्रहरुलाई खोप कार्यक्रमहरुलाई पूर्ण अनुुदान उपलब्ध पुुर्याउन सहयोग गर्न आग्रह गर्दै सन् २०२५ सम्म “ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इम्यिुुनाइजेसन” कार्यक्रमलाई विश्वका ३०० मिलियन बालबालिबालाई १८ वटा भ्याक्सिन लगाउन ७.४ बिलियन डलर आवश्यक पर्ने बताए। “खोप लगाउने कार्यक्रम स्थगित हँुुदा यसले अन्य प्रकोपहरु निम्त्याउने छ”, उनले भने। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago