काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा भियतनाम युद्धमा मारिएकाभन्दा बढीको ज्यान गएको छ।

प्राणघात यो भाइरसबाट १ महिनाभन्दा केही बढी समयमै अमेरिमा ५८ हजार ३५५ जनाको ज्यान गइसकेको छ। यो आँकडा दुई दशकसम्म चलेको भियतनाम युद्धमा मारिनेको संख्या बढी हो। त्यतिखेर भियतनाम युद्धमा ५८ हजार २२० जनाको ज्यान गएको थियो।

त्यसो त अमेरिकामा बुधबार बिहानसम्म संक्रमितको संख्या १० लाख पार गरेको छ। यो भाइरसबाट ज्यान गुमाउने र संक्रमित हुने संख्या अमेरिकामा अन्य देशमा भन्दा निकै बढी पनि हो। अझै संक्रमितको संख्या त अमेरिकामा विश्व कुल संक्रमितको एक तिहाइ नै रहेको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार बिहानसम्म विश्वभर यो भाइरसबाट २ लाख १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि ३१ लाख नाघेको छ। 

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका स्वास्थ्य सल्लाहका डा एन्थनी फुकीले खतरा अझै नटरेको चेतावनी दिएका छन्। उनले प्रभावकारी उपचार सेवा नभएमा ज्यान आउँदा दिनमा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताएका छन्। – एजेन्सी