काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढेसँगै देशका विभिन्न शहरहरु लकडाउनमा छन्।
संक्रमणको दर बढेसँगै काठमाण्डौ लगायतका क्षेत्रमा समेत पुनः लकडाउन हुने संभावना बढ्दै गएको छ। तर, यस्तो विषम परिस्थितिमा पनि सेयर बजारका लगानीकर्ताको मनोबल भने धेरै गिरेको छैन। बरु उनीहरु मनोबल उचो बनाउँदै सेयर बजारमा खरीदारी बढाइरहेका छन्। जसका कारण सोमबार नेप्से परिसूचकमा सुधार भई १४०० विन्दू माथि पुगेको छ।
बजारमा तरलता फालाफाल छ। लगानीका अन्य क्षेत्रहरु गुल्जार हुन सकेका छैनन्। जसका कारण अन्य क्षेत्रका लगानीकर्ता वा लगानी गर्न चाहनेहरु समेत सेयर बजारमा केन्द्रीत भएका छन्। यसको प्रमाण पछिल्लो समय बढेको अनलाइन सेयर खरीदकर्ताको संख्या समेत हो। यसले समेत विभिन्न क्षेत्रका लगानीकर्ता समेत सेयर बजारमा प्रवेश गर्ने क्रम बढेर गएको देखाउँछ।
बजारमा हिजो पहिरो गएको थियो। तर, त्यसको भोलिपल्टै बजारमा ७.५९ अंकको सुधार हुनुले अवस्था सकारात्मक बन्दै गएको देखिन्छ। निश्चित समूहहरुको योजनामा बजार घटाउने खेल जारी नै रहे पनि लगानीकर्ता सचेत हुँदा बजारमा पुनः बढोत्तरीको यात्रा सुरु भएको विश्लेषकहरु बताउँछन्।
अहिलेको अवस्थामा कोरोनाको त्रास बाहेक बजार घट्नुपर्ने कुनै कारण नै नरहेको विश्लेषक बताउँछन्। बैंकको ब्याजदर घटेर निकै तल झरिसकेको छ। लगानीयोग्य रकमको कुनै अभाव छैन। लगानीका अन्य क्षेत्र संकुचित छन्। अनि, यही बेला सेयर बजार विरोधीको छवि बनाएका अर्थमन्त्रीको बहिर्गमन हुने संभावना समेत बढ्दो छ। यी सबै कारणले बजार आगामी दिनमा अझै बढ्नसक्ने विश्लेषकहरुको प्रक्षेपण छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ९ वटामा हरियाली छायो भने ३ वटामा रातो पोतियो।
यो दिन सबैभन्दा धेरै जीवन बीमा समूहमा ५८.७४ अंकको बढोत्तरी भयो। यसैगरी निर्जीवन बीमा समूहमा ४६.७१ अंक, होटेल्स् समूहमा ३३.७७ अंक, लघुवित्त समूहमा १५.७३ अंक, व्यापार समूहमा ९.४४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८.१५ अंक, बैंकिङ समूहमा ७.०५ अंक, विकास बैंक समूहमा ६.२४ अंक र अन्य समूहमा ३.८२ अंक वृद्धि भएको छ।
आज जलविद्युत् समूहमा ३.५५ अंक, वित्त समूहमा ०.८४ अंक र म्युचुअल फन्ड समूहमा ०.०६ अंकको गिरावट आयो।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर १ अर्ब २९ करोड २ लाख ५२ हजार २१३ रुपैयाँमा कारोबार भयो।
आज प्रभु बैंकको संस्थापक सेयरको उच्च कारोबार भयो। यसको मात्रै ३४ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भयो।
यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १० करोड ४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड १५ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड ५५ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४९ लाख रुपैयाँ, एभरेस्ट बैंकको २ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको २ करोड ३० लाख रुपैयाँ, नेपाल बैंकको २ करोड २८ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भयो।
धेरै कमाउने, धेरै गुमाउने
आज तीनवटा कम्पनीका सेरधनीहरुले उच्च कमाए। यो दिन अजोड इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको उछाल आयो भने आरम्भ चौतारी लघुवित्त लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भयो। यी दुवै कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो।
यस्तै नेपाल फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भयो।
आज दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै ७ प्रतिशतको गिरावट आयो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19