काठमाण्डौ । अमेरिकाको न्युुयोर्कको सबैभन्दा ठूलो स्वास्थ्य प्रणालीको एक अध्ययनले भेन्टिलेटरमै राखेर उपचार भइरहेका लगभग एक चौथाइ कोरोना संक्रमितको मृत्युु भएको जनाएको छ। 

अध्ययनमा नर्थवेल हेल्थमा उपचार गरिएका २० प्रतिशत र भेन्टिलेटरमा राखिएका २५ प्रतिशतको मृत्युु भएको पाइएको थियो। भेन्टिलेटर एउटा त्यस्तो यन्त्र हो। जसले निमोनिया र एक्युुट रेस्पिरेटरी डिस्टे«स सिन्ड्रोम भएका श्वास फेर्न नसक्ने बिरामीको फोक्सोमा अक्सिन पुुर्याउने काम गर्दछ। 

अन्य साना रिर्पोटहरुले भेन्टिलेसन चाहिने बिरामीहरु बाच्ने सम्भावना एकदमै कम रहने देखाएका छन्। फिनस्टिन इन्स्टिच्युुट फर मेडिकल रिसर्चमा कार्यरत डा साफिया रिचार्डसनले करिब २० प्रतिशत बिरामीलाई भेन्टिलेटर आवश्यक परेको अध्ययनले देखाएको बताए। जर्नल अफ द अमेरिकन मेडिकल एसोसियसनकामा प्रकाशित यो अध्ययनले गम्भीर कोरोना संक्रमितको दृष्टिकोणको वर्णन गरेको छ। रिपोर्टले मूल रुपमा १२ प्रतिशत बिरामीलाई भेन्टिलेटर आवश्यक परेको र तीमध्ये ८८ प्रतिशतको मृत्युु भएको उल्लेख गरेको छ। 

नर्थवेल हेल्थकी वरिष्ठ अनुुसन्धान उपाध्यक्ष करिना डेभिडसनले उनको टोलीले उक्त रिपोर्टको शब्दहरुलाई सपष्ट पार्ने बताएकी छन्। उनले भनिन्, “हामीहरु आफ्नो आँकडाहरु अपडेट गरिरहेका छौँ। हामीले थाहा पाएका परिणामहरु र अन्य कतिजना अस्पतालमा बाँकी रहेका छन् भनेर अपडेट गर्ने छौँ।”

मूल रिपोर्टको आँकडाले परिणाम थाहा भएका अल्पसंख्यक बिरामीको मात्रै प्रतिनिधित्व गरेको थियो। यसले सम्पूर्ण बिरामीको प्रतिनिधित्व गरेको थिएन। 

अपडेटेड संख्यामा अप्रिल ४ को आँकडा जम्मा पार्दा बखत अस्पतालमा रहेका सम्पूर्ण बिरामीलाई समावेश गरिएको छ। अध्ययनकर्ताको समूहले कोरोनाभाइरसका कारण अस्पताल भर्ना गरिएका ५७ सयजना बिरामीको इलेक्ट्रोनिक हेल्थ रेकर्डलाई नियालेको थियो। यिनीहरुमध्ये २६ सय ३४ जनाको अन्तिम परिणाम थाहा पाइएको थियो। 

डेभिडसनका अनुुसार ११५१ जनालाई भेन्टिलेटरको आवश्यकता परेको थियो। यिनीहरुमध्ये रेकर्ड जम्मा गरिएको अप्रिल ४ का दिन ३.३ प्रतिशत बिरामी अस्पतालबाट डिस्चार्ज गरिएका थिए। २८२ जना अर्थात २४.५ प्रतिशत को मृत्युु भएको थियो भने ८३१ अर्थात ७२ प्रतिशत अस्पतालमै बाँकी रहेका थिए। 

रेकर्डले डाक्टरहरुले कोरोनाभाइरसका बारेमा भनिरहेका कुुराहरुलाई सपोट गरेको छ। जस्तै धेरैजसो गम्भिर बिरामीहरु हुुन्छन् जसको अवस्था तथाकथित रुपमा अन्र्तनिहीत रहेका हुुन्छ। 

आधीभन्दा बढी अर्थात ५७ प्रतिशत बिरामीहरुमा उच्च रक्तचाप, ४१ प्रतिशतमा मोटोपन र ३४ प्रतिशतमा मधुुमेहका बिरामी रहेका थिए। अनुुसन्धानकर्ताले लेखेका छन्– “जुुन बिरामीहरुको मृत्युु भएको थियो उनीहरु मध्य मधुुमेहका बिरामीहरुले नभएका बिरामीभन्दा धेरै भेन्टिलेसन सेवा र आईसीयू केयर पाइका थिए। उनीहरुले महिलाभन्दा पुुरुषहरुको मृत्यु धेरै भएको र १८ वर्षभन्दा तलका कसैको पनि मृत्युु नभएको बताएका छन्।’

एक तिहाइ संक्रमितहरुलाई ज्वरो, १७ प्रतिशतलाई चाँडो सास लिने समस्या र ३० प्रतिशतलाई अतिरिक्त अक्सिजन आवश्यक पर्नेजस्ता लक्षणहरु देखा परेको थियो। बिरामीहरुलाई औसतमा ४ दिनमा घर पठाइएको थियो। तर १४ प्रतिशतलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो भने ३ प्रतिशतलाई सघन शल्यक्रिया र २१ प्रशिशतको मृत्युु भएको थियो। 

अनुुसन्धानकर्ताका अनुुसार ५० प्रतिशत बिरामीको मात्रै अन्तिम आँकडा लिइएकाले जिवित रहनेको दरमा फेरबदल हुुन सक्ने सम्भावना रहेको छ। – एजेन्सी