काठमाण्डौ । पूरै विश्वमा कोरोनाभाइरसको संक्रमणबाट २ लाख ५७ हजार २३९ जनाको ज्यान गइसकेको छ। यो भाइरसबाट हालसम्म ३६ लाख ६२ हजार ६९१ जना संक्रमित भइसकेका छन्।

जोन हप्किन्स युनिभर्सिटीद्वारा बुधबार बिहानसम्म जारी गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी मृत्यु र संक्रमितको संख्या अमेरिका र युरोपमा देखिएको छ। 

अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १२ लाख ४ हजार ३५१ पुगिसकेको छ। जब कि त्यहाँ ७१ हजार ६४ जनाको ज्यान गइसकेको छ। 

उता यो भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमितको संख्या १ लाखभन्दा मुनि नै छ। 

युरोपको कुरा गर्ने हो स्पेन, इटली, फ्रान्स र युकेमा कोरोना कारण अहिलसम्म ज्यान गुमाउनको संख्या १ लाख ९ हजार ९९६ पुगिसकेको छ। यसरी अमेरिका र यी चार युरोपेली मुलुकहरुमा गरी कोरोनाबाट कुल १ लाख ८१ हजारभन्दा बढीको ज्यान गइसकेको छ। जुन कुल मृतकको संख्याको ७० प्रतिशत हो। – एजेन्सी