Symbolic : Image
काठमाण्डौ । कोरोनाभाइरसको प्रभावका कारण विश्वभर ३० करोडभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएका छन्। यो भाइरसको डरबाट १४ देशका सबै विद्यालय बन्द गरिएका छन् भने ९ देशका विभिन्न सहरमा केही दिनका लागि विद्यालय बिदा दिइएको छ।
सबैभन्दा बढी चीनका बालबालिका पढ्नबाट वञ्चित भएका छन्। यो देशको मात्रै २३ करोड बालबालिका विद्यालय बन्द हुँदा पढ्न पाइरहेका छैनन्।
त्यस्तै जापानका १.६ करोड, इरानका १.४ करोड, इटलीका ९० लाख र इराकका ७० लाख विद्यार्थी पढाइबाट वञ्चित छन्।
चिकित्सकहरुका अनुसार हाल ‘एस’ टाइपको यो भाइरस तीव्रगतिमा फैलिरहेको छ। जसका कारण विश्वभरका मानिस संयन्त्र छन्। विशेषगरी यो भाइरसले दीर्घरोगी र बालबालिका तथा वृद्धवृद्धालाई बढी प्रभावित पारिरहेको छ।
सुरुमा चीनमा देखिएको यो भाइरस ‘एल’ टाइपको थियो। जुन सुस्त गतिमा फैलिएको थियो। पछि यी ‘एल’ टाइपको भाइरस ‘एस’ टाइपमा परिणत भएर महामारीको रुप लिएको वैज्ञानिकहरु बताउँछन्।
ज्यान भीडाभाडाबाट छिटै यो भाइरस फैलिने डरले स्थानीय प्रशासन तथा सरकारकै पहलमा अधिकांश देशहरुमा विद्यालयहरु बन्द गरिएका हुन्। किनकि विद्यालयमा विद्यार्थीको चाप बढी हुने गर्छ। त्यसो त केही विद्यालयहरुमा स्यानेटाइजर र साबुन राखेर विद्यार्थीलाई सचेतसमेत गराउन काम भइरहेको पाइएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago